बुढानिलकण्ठ -१३ मा जग्गा संरक्षण गरी पौराणिक पोखरी र कुवा निर्माण गरिने

कपन अनलाइन

काठमाडौं ,पुस १०।

बुढानिलकण्ठ -१३ मा जग्गा संरक्षण गरी पौराणिक पोखरी र कुवा निर्माण गरिने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ साविक चुनिखेल गाविसको ४ र ५ नं वडामा रहेको जग्गा नापजाच गरी उक्त स्थानमा पोखरी र कुवा सहित पार्क निर्माण गर्ने तयारी गरिएको वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताएका छन।

उक्त स्थानमा लामो समय देखि स्व.ठुलो कान्छा तथा स्व.हेरामाया श्रेष्ठका छोराहरु महन्त श्रेष्ठ ,कृष्णलाल श्रेष्ठ शिवलाल श्रेष्ठ र सिताराम श्रेष्ठ नातीहरु श्यामकाजी,बसन्त गोबिन्दा बिनय ,प्रशान्त र नबिन श्रेष्ठ लगायतले वडाको पहलमा सो जग्गामा पार्क निर्माणका लागि सहयोग गरेका थिए।उक्त स्थानमा पार्क निर्माणका लागि DPR तयार गर्नका लागि नगरपालिकाले ५० लाख बजेट बिनियोजन गरेको छ ।

लामो समय देखि उनीहरुले प्रयोग गर्दै आएको जग्गा पार्क निर्माणका लागि प्रदान गर्न सहजीकरण गरेकोमा धन्यवाद दिदै अध्यक्ष श्रेष्ठले वडाको सापाटारमा रहेको सार्वजनिक जग्गामा प्राविधिक शिक्षालय निर्माणका लागि पहल शुरु गरेको जानकारी दिएका छन्।

तपाइँको प्रतिक्रिया ।