Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/132292162_696612194370524_4990390917118020518_n-e1608780757906.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल मुलखर्कमा स्वास्थ्य चौकी भवन शिलान्यास

कपन अनलाइन

काठमाडौँ,पौष ९ । गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल मुलखर्कमा मुलखर्क  स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ। पौष ६ गते एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उक्त स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन्।

गोकर्णेश्वर नगरपालिका द्वारा बिनियोजन गरेको  कुल रु एक करोड सत्तरी लाखको लागतमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन निर्माण पश्चात सो भेगका जनताको  स्वास्थ्यमा पहुच पुग्ने बिश्वास लिइएको छ ।कार्यक्रमलाइ सम्बोधन  गर्दै नगर प्रमुख सन्तोष चालिसेले सो स्वास्थ्य चौकी भवन निर्माण भै सन्चालनमा आएपछी उक्त भेगका  बिशेषगरी मुलखर्क ओख्रेनी, कुने,चिलाउने लगायतका स्थानीय लाभान्वित हुने बताए।

उनले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको  पनि जानकारी दिए । उनले नगरपालिकाले संचालनमा ल्याएको बिरामी बोक्ने एम्बुलेन्स २४ सै घण्टा संचालन भईरहेको जानकारी दिदै सुत्केरी महिलाहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने पनि उनले बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल बिपी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, साबिक सुन्दरीजल गा. वि.स का जनप्रतिनिधि शेरबहादुर लामा , श्री नारायण श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।