Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/132566089_1900365956770138_2020831923339523358_o-e1608779051771.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर १ का बिभिन्न बिध्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

कपन अनलाइन

काठमाडौँ,पौष ९ ।  गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको बिभिन्न बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तर्गत स्कुल ब्याग प्रदान गरिएको छ । NRSD  र  CFPA को सहयोग तथा गोकर्णेश्वरनगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरको समन्वयमा इश्वरी आधारभूत बिध्यालय, रामजानकी स्कुल, बागद्वार सामुदायिक बिध्यालय,ओख्रेनी सामुदायिक बिद्यालय, गोकर्ण माबी र सुन्दरीजल सामुदायिक बिध्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गर्ने  करिब १३५० जनालाई  स्कुल ब्याग वितरण गरिएको युवा समाजसेवी राज चालिसे  कपन अनलाइनलाइ जानकारी गराए।

 उक्त स्कुल ब्याग वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, युवा समाजसेवी राज चालिसे, सुगम भट्टराई, बिभिन्न बिध्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि अभिभावक र बिद्यार्थीहरुको उपस्थितिमा शैक्षिक सामग्री अन्तर्गत बिद्यालय झोला वितरण गरिएको थियो । ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिएको आयोजकले बताएको छ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले वडाले स्वास्थ्य र शिक्षालाइ प्राथमिकतामा राखेर काम गर्दै आएको बताए।कार्यक्रममा बोल्दै  युवा समाजसेबी  राज चालिसेले ग्रामिण क्षेत्रमा रहेका  विद्यार्थीहरुलाई अध्ययनका लागि सहज होस् भनि सहयोग गरेको जनाए ।

तपाइँको प्रतिक्रिया ।