स्वच्छ सफा हराभरा काठमाडौं महानगर बनाउने अभियानमा छौ :प्रमुख विद्या सुन्दर शाक्य

कपन अनलाइन

काठमाडौं ,पुस ८ /सुजना जोशी

स्वच्छ सफा हराभरा काठमाडौं बनाउने उदेश्यले महानगरपालिकाले दुरगामी सोचका साथ दिर्घकालिन योजना तय गरेको जानकारी दिएको  छ। काठमाडौं महानगरपालिकाको बिकास र आगामी योजनाका बारेमा बोल्दै महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले फोहोर ब्यबस्थापनका निमित्त दिर्घकालिन रुपमा नै ग्यास प्लान्ट स्थापना गरी फोहोर बाट ग्यास उत्पादन गरी  कम्पोस्ट मल तयार गर्ने योजना रहेको बताएका छन।सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकारहरु संग कुराकानी गर्दै उनले सो योजना बताएका हुन्।

काठमाडौंलाई हरियाली नगरका रुपमा बिकास गर्नका लागि खुल्ला स्थान, सडकको दुबैतिर बृक्षारोपण पार्क निर्माण ब्यबस्थापन साथै थप सौन्दर्यताका लागी मुख्य स्थानहरूमा झिलीमिली बत्तीराख्ने कार्यक्रम पनि गरिरहेको जानकारी गराएका थिए ।

मेयर शाक्यले राम्रो काठमाडौं बनाउनका निमित्त महानगरपालिकाले मात्र नभई प्रत्येक महानगरबासीले आ आफ्नो स्थानबाट फराकिलो सोच राखी दुरगामी विकासका योजनालाई एउटा असल नागरिकको कर्तव्य सम्झेर सघाउन अनुरोध समेत गरेका छन्।

(सुजना जोशी  सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।