घुसरकम सहित खेलकुद विकास समिति सानोगौचरणका खरिदार तिलक प्रसाद घिमिरे पक्राउ

घुसरकम सहित खेलकुद विकास समिति सानोगौचरणका खरिदार तिलक प्रसाद घिमिरे पक्राउ

कपन अनलाइन

काठमाडौं ,पुस ७

घुसरकम सहित काठमाडौं खेलकुद विकास समिति सानोगौचरणबाट खरिदार तिलक प्रसाद घिमिरे पक्राउ परेका छन । सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

खरिदार (सहायक द्वितीय) तिलक प्रसाद घिमिरेले एक  क्लवको प्रमाण पत्र नविकरण गर्नको लागि सेवाग्राहीसँग रू. १५,०००/-(पन्ध्र हजार) अतिरिक्त रकम लिएको अवस्थामा निजकै कार्यालय परिसरबाट उनि पक्राउ परेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।