सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
कपन अनलाइन
काठमाडौं,पुस ७ ।
सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी गोरखा साविक ताकु गाविस-२ घर भई ललितपुर साविक सैबु गाविस-४ बस्ने ५५ वर्षीय गोपाल बहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका गोपाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।