Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/131917857_2712033315686758_8281815794763267062_n-e1608610253727.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष ७। गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा आकस्मिक रक्तदान सम्पन्न भएको छ ।पौष ४ गते शनिबार  गोकर्णेश्वर नगरपालिका वडा कार्यालय सुन्ताखानमा बिहान १० बजे देखि  कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण यूवा समूह तथा सम्मुनत जालपादेबी यूवा क्लब द्वारा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सुरक्षित तवर बाट आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको आयोजक संस्थाका अध्यक्ष नबिनराज बिष्टले जानकारी गराए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारीको उपस्थिति रहेको थियो ।

 विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर  आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष बिष्टले जानकारी गराए ।उनले विषम परिस्थितिमा समेत उपस्थित भई रक्तदान जस्तो पुण्यको काममा सहयोग गर्ने  रक्तदाताहरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन।

तपाइँको प्रतिक्रिया ।