बिष्णुमतिमा ब्यवस्थित बस्ति बिकासका लागि स्थानीय संग अन्तरक्रिया

कपन अनलाइन

काठमाडौं ,पुस ५

बिष्णुमतिमा ब्यवस्थित बस्ति बिकासका लागि स्थानीय संग अन्तरक्रिया शुरु गारिएको छ। काठमाडौं उपत्यकाको महत्वपूर्ण विष्णुमति नदीको सभ्यता संरक्षणका गर्दै  सो क्षेत्रमा जग्गा एकीकरण गरी व्यवस्थित बस्ति विकासको पहल शुरु गरिएको हो।

यसै क्रममा बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल ,वडा नं ६ का अध्यक्ष नबीन केसी सहितको उपस्थितिमा स्थानीयहरु संग छलफल गरिएको थियो।

विष्णुमतिको व्यवस्थित बस्ति विकास क्षेत्रमा परेका हरेक क्षेत्रका स्थानीयहरु संग छलफल गरेर आयोजना अगाडी बढाउने तयारी गरिएको वडा नं ६ का अध्यक्ष नबिन केसीले जानकारी दिएका छन।

प्रारम्भिक चरणमा सो क्षेत्रमा बस्ति विकासको संभाव्यता अध्ययन गरेर थप बजेट व्यवस्थापन गरिने प्रदेस सभा सदस्य निरौलाले जानकारी दिएका छन। विष्णुमति कोरिडोरको सौन्दर्यिकरण र बस्ति विकासका लागि सरोकारवाला निकाय र जनप्रतिनिधि संग अन्तरक्रिया गरिसकेको बताउदै उनले यो योजनालाई प्राथमिकता राखेको जानकारी दिएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।