बुढानिलकण्ठ -२ पुष्पलाल पार्कमा  योग भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं ,पुस ५ / शिरिष पौडेल

बुढानिलकण्ठ नगरपालिका वडा नं    २ महादेव कोलोनि स्थित निर्माण हुन लागेको पुष्पलाल पार्कमा  योग भवन शिलान्यास  गरिएको छ । बुढानिलकण्ठ नगरपालिकाबाट तिस लाख र वडा नं २ बाट बिस लाख गरेर जम्मा पचास लाख बजेटमा  उक्होत योग भवन निर्माण हुन् लागेको हो।

सो भवन शिलान्यास कार्यक्रममा  बागमती प्रदेस  सभा सदस्य कुशुम कुमार कार्की ,  बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्दव खरेल ,बुनपा सल्लाहकार तथा नेकपा प्रदेश सचिवालय सदस्य सुन्दर पुर्कुटि ,नेकपा जिल्ला सचिवालय सदस्य विदुर विक्रम खड्का , नेकपा बुढानिलकण्ठ नगर कमिटि अध्यक्ष रविन अधिकारी, बुढानिलकण्ठ – २ का वडा अध्यक्ष राजेन्द्र खड्का , वडा सदस्य ज्ञानु कार्कि थापा ,  पतन्जली योग समिति नेपाल काठमाण्डौ जिल्ला चिकित्सक प्रभारी किसोर दाहाल , पतन्जली योग समिति बुढानिलकण्ठ नगर समोजक शिव प्रसाद बस्याल , महादेव कोलोनी टोल सुधार समिति  तथा योग भवन निर्माण समितिका अध्यक्ष निशा बराल लगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रम विहान ५ बजेबाट यज्ञ हालेर सुरु भई करिच ८: ३० मा समापन भएको थियो ।

(शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।