Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/131612320_3769480723074017_5095073656467716901_o-e1608258219577.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

टोल टोलमा पुग्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं, पौष ३ ।कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरमा भएका विकास निर्माणका कामहरुको अनुगमनमा केन्द्रित भएका छन । कोरोना रोकथाम तथा जोखिम न्यूनीकरणका साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले उनले पुन टोल टोलमा मेयर अभियानलाइ  सुचारु गरेका हुन ।उनले कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ मा भए गरेका विकास निर्माणको निरीक्षण गर्नुको साथै  बिकासका कामहरु गुणस्तरिय र दिगो हुनुपर्ने भन्दै स्थानीय संग  छलफलमा केन्द्रित भएका हुन्  ।

निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगमी दिनमा गर्न पर्ने योजनाको बारेमा समेत छलफल गरेका थिए  । टोल टोलमा मेयर अभियान नै लिएर उनि टोल टोलमा पुग्दै आएका छन ।

उनि संगै कागेश्वरी मनोहरा नगरपालिका वडा  नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी  पनि सहभागी भएका थिए । उनले पौष १ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा भए गरेका विकास निर्माणका कामहरुको निरिक्षण गर्नुको साथै स्थानीयहरु संग छलफल समेत गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।