पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको जग्गा एकीकरण सम्बन्धी अन्तरक्रिया
कपन अनलाइन
काठमाडौं मंगसिर ३०। पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको जग्गा एकीकरण सम्बन्धी सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंखरापुर नगरपालिकाद्धारा सञ्चालित जग्गा एकीकरण आयोजनाले सो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा आयोजनाले जग्गा एकीकरण सम्बन्धी कार्य गरिरहेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी गराएका थिए ।
पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको अध्यक्षमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा रहेका छन् भने आयोजनाको उपाध्यक्षमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ रहेका छन ।आयोजनाको कार्यालय भने गोकर्णेश्वर नगरपालिकामा रहेको छ ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले आयोजनालाई व्यवस्थित बनाउन आवश्यक पहल भैरहेको बताउदै आयोजनालाई नमूना र व्यवस्थित रुपमा सञ्चालन गरिने बताएका थिए । कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रवक्ता राजाराम पुडासैनी, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, कागेश्वरी मनोहरा नगरपालिकाका लेखा अधिकृत बालकृष्ण दाहाल लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
‘