मालपोत कार्यालय भरतपुरका लेखा अधिकृतविरुद्ध सात करोड हिनामिनाको मुद्दा दायर

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृतविरुद्ध सात करोड हिनामिनाको मुद्दा दायर

कपन अनलाइन

काठमाडौं ,मंसिर २९।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखा अधिकृतविरुद्ध सात करोड रकम हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित तीनजना उपर राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

आयोगले अनुसन्धानको क्रममा तत्कालीन लेखा अधिकृत दर्जीले राजश्व बापत उठेको सात करोड आठ लखा १७ हजार ३७ रुपैयाँ सम्बन्धित बैंकमा डिपोजिट नगरी आफ्नै खातामा राखेको, नक्कली भौचार बनाएको र कार्यालयको छाप दुरुपयोग गरेको पुष्टि हुन आएको दाबी गरेको छ।

दर्जीले हिनामिना गरेको रकममध्ये दुई करोड ५८ लखा तीन हजार दुई सय ३१ रुपैयाँ लेखा परीक्षणका क्रममा कार्यालयकै खातामा पछि दाखिला गरेको पाइएको छ।

तपाइँको प्रतिक्रिया ।