विकास योजना निरीक्षणमा बुढानिलकण्ठ -१३ पुगेका डा. राजन भट्टराईले चुनावी बाचा सम्झिए

विकास योजना निरीक्षणमा बुढानिलकण्ठ -१३ पुगेका डा. राजन भट्टराईले चुनावी बाचा सम्झिए

कपन अनलाइन

काठमाडौं ,मंसिर २७।

काठमाडौं क्षेत्र नं ४ का विकास योजना निरीक्षणमा बुढानिलकण्ठ -१३ पुगेका डा. राजन भट्टराईले चुनावी बाचा सम्झिएका छन। काठमाडौं क्षेत्र नं ४ का १२ वटै वडाहरुमा संचालन भैरहेका विकास योजनाहरुको  निरन्तर अनुगमन र निरीक्षणको  अभियानमा रहेका डा .भट्टराईले निर्वाचनको समयमा वडा नं १३ चुनिखेलका जनता संग खानेपानीको सुविधा उपलव्ध गराउने बाचा गरे अनुसार वडामा रहेका बोरिंग र खानेपानी ट्यांकी निर्माणको अवलोकन गरेका छन।

निर्वाचनको दौरानमा आफु जिते पनि हारे पनि चुनिखेलवासीलाई खानेपानी सहितको धारा उपलव्ध गराउने बाचा गरेका डा. भट्टराईले धोवीखोला कोरिडोरमा रहेको बोरिंग र भवन निरीक्षण गरेका थिए भने वडाको माथिल्लो भेगमा खानेपानीको सुविधा प्रदान गर्नका लागि निर्माण गरिएका खानेपानी ट्यांकीहरुको वारेमा पनि जानकारी लिएका थिए।

खानेपानी योजना पश्चात नौलिन भद्रकाली मन्दिर र पार्कको निरीक्षण पुगेका उनले सो स्थानमा रहेको  ऐतिहासिक सत्तल पुननिर्माणका लागि पुरातत्व विभाग संग समन्वय गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई, नेकपा प्रदेस कमिटीका सचिवालय सदस्य तथा नगरपालिकाका जनसम्पर्क सल्लाहकार सुन्दर पुर्कुटी , नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का ,बुढानिलकण्ठ नगर कमिटि सचिव प्रदिप डंगोल ,नगर कमिटी  सदस्य तथा वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ, नगर कमिटी सदस्यहरु भाइनारायण श्रेष्ठ ,कृष्णकाजी श्रेष्ठ ,अमर श्रेष्ठ ,दामोदर पौडेल , नेकपा बुढानिलकण्ठ -१३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठ ,सचिव रामलाल श्रेष्ठ,वडा सदस्य मंगल नगरकोटी ,श्याम श्रेष्ठ ,रिना श्रेष्ठ सहित नौलिन -जगडोल सडक निरीक्षण गरेका डा.भट्टराईले सो स्थानमा देखिएको जग्गा व्यवस्थापन समस्याका वारेमा स्थानीयहरु संग अन्तरक्रिया गर्दै समस्या सामाधानका लागि पहल गर्ने बताएका थिए।

सो क्षेत्रको सडक विस्तारका क्रममा बास गुमाउने अवस्थामा पुगेका स्थानीयहरु संग छलफल गरेका डा.भट्टराईले  उनीहरुको समस्या तत्काल संबोधन गर्नका लागि आग्रह गरेका थिए।

डा.भट्टराईको आग्रह पश्चात वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीयहरुलाई निवेदन लिएर वडा कार्यालयमा आउने वातावरण मिलाउन वडा सदस्यलाई निर्देशन दिएका थिए।

त्यस्तै वडा नं १३ मा पोलिटेक्निक इन्स्टिच्युट निर्माणका लागि व्यवस्थापन गरेको जग्गा निरीक्षण गर्दै डा . भट्टराईले तत्काल सो जग्गा संरक्षणको लागि पहल गर्न आग्रह गर्दै इन्स्टिच्युट निर्माणको भौतिक र शैक्षिक पूर्वाधार विकासका लागि आवस्यक सहयोग गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।

वडा नं १३ का विभिन्न सडक योजनाहरुको निरीक्षण पछी चुनिखेलको नामकरण भएको पौराणिक चुनदेवी मन्दिर पुननिर्माण स्थलमा पुगेका डा. भट्टराईले सो मन्दिरको निर्माणमा  नेपाल सरकार र पुरातत्व विभाग बाट सहयोगका लागि प्रक्रिया अगाडी बढेको जानकारी दिएका थिए।

त्यस्तै  वडा नं  १३ टुपेकमा रहेको सिद्दी गणेश मन्दिर पुननिर्माणको अवलोकन गर्दै डा. भट्टराईले चुनिखेलको  संस्कृति,जात्रा ,पर्व तथा पौराणिक पूर्वाधारलाई   प्रवर्धन गर्ने योजना निर्माणका लागि जनप्रतिनिधि र स्थानीय संग छलफल गरेका थिए।

योजना निरीक्षणको समापन गर्दै वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठले डा. भट्टराई जस्तो अभिभावक पाउनु खुसीको कुरा रहेको बताउदै वडा नं १३ मा सडक ,खानेपानी मन्दिर र विद्यालयहरु जस्ता  ठुला र दिर्घकालिन महत्वका पूर्वाधार विकासमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिएका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।