काठमाडौँ महानगरपालिका वडा नं १४ आफ्नै भवनमा सर्यो

कपन अनलाइन

काठमाडौं ,मंसिर २६ ।

काठमाडौँ महानगरपालिका वडा नं–१४ ले करीब चार करोडको लागतमा आफ्नो कार्यालय निर्माण सम्पन्न गरेको छ ।

कलङ्कीस्थित भाडामा कार्यालय सञ्चालन गर्दै आएको उक्त वडाले वल्खुुस्थित भुवनेश्वरी मन्दिर नजिक भवन निर्माण गरेको हो । दुुई वर्षको समयमा निर्माण भएको चार तल्ले  भवनमा करिव २ सय ५३ वर्ग मिटर क्षेत्रफलमा फैलिएको  छ ।

भूमिगत तल्लामा पार्किङको व्यवस्था गरिएको भवनमा अपाङ्गमैत्रीका साथै आकर्षक संरचनामा विकास गरिएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी प्राचीन बास्तुकला झल्कने आँखी झ्यालको प्रयोग गरिएको छ ।

भवनमा दर्ता चलानी, तालीम कक्ष, सेवाग्राहीको सुविधाका लागि विश्रामस्थल, जनप्रतिनिधिका कक्षलाई समेत व्यवस्थित गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।