टोखा नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

टोखा नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,मंसिर २६/नविना श्रेष्ठ

टोखा नगरपालिकामा पछिल्लाे २४ घण्टामा नगरपालिकाको विवरण अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै  संक्रमितको संख्या ३४४१ पुगेका छन्। संक्रमित भएका महिला संख्या १४९६ जना रहेको र पुरूष संख्या १९४६ जना रहेका छन्। जसमध्ये सक्रिय रहेका संख्या १७९ जना रहेका छन्। कोरोना भाइरस वाट निको हुनेको संख्या ३२६१ जना रहेको र हाल सम्म मृत्यु हुनेको संख्या ९ जना रहेका छन्।

वडा नं ७ मा मात्र २ जना रहेको टोखा नगरपालिकाको विवरणले जनाएको छ। वडा गत विवरण अनुसारको तथ्याङ्कले जनाएको अन्यमा ४ जना गरी जम्मा ६ जना रहेका छन् भने होम आइसोलेशनामा २ जना अन्यमा १ जना गरि जम्मा ३ जना होम आइसोलेसनमा रहेका छन्। अन्यमा ३ जना अस्पतालमा रहेका छन्।

हाल सम्म कुल PCR परिक्षण गरिसकेका हरुको सख्या ६५८६ जना रहेको छ। मंसिर २४ गते सम्मको कुल PCR परिक्षण गर्नेको संख्या ४००२ जना रहेका छन्।

CICT Team ले ६ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा जम्मा कोरोना भाइरस कोभिड-१९ वाट संक्रमण भएका संक्रमित संख्या २ जना रहेका छन्। हाल सम्म सेवा लिनेहरूको सख्या १५३ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

तपाइँको प्रतिक्रिया ।