पत्रकार नबिन धमलाद्धारा जन्मदिनमा सिन्धुपाल्चोकका दृष्टिविहिन गायकलाई सहयोग

पत्रकार नबिन धमलाद्धारा जन्मदिनमा सिन्धुपाल्चोकका दृष्टिविहिन गायकलाई सहयोग

कपन अनलाइन

काठमाडौं ,मंसिर २६।

पत्रकार नबिन धमलाले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन गायक विरबहादुर विश्वकर्माको परिवारलाई सहयोग गरेका छन् । दृष्टिविहिन तथा आर्थिक अवस्था कमजोर भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का विश्वकर्माको परिवारलाई पत्रकार धमलाले जन्मदिनको अवसरमा खाद्यन्न, लत्ताकपडा सहितको सहयोग गरेका हुन् ।

दृष्टिविहिन भएकाले अर्थोपार्जनको काम गर्न नसक्दा गीत गाएर आफु र परिवारको गुजारा चलाउँदै आएका विश्वकर्मालाई पत्रकार धमलाले सिन्धुपाल्चोकको काङलाङ पुगेर सहयोग गरेका हुन् ।

टुङना बजाएर गीत गाउँदा दाताले दिएको दानबाट परिवार पालेका विश्वकर्माको समस्या देखेर सहयोग गरेको बताउदै  पत्रकार धमलाले  । जन्मदिन मनाउँदा हुने फजुल खर्च सदुपयोग गरेर विपन्न परिवारलाई सहयोग गरेकोधारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।