प्राकृतिक सम्पत्ति दोहन : बुढानिलकण्ठको कम्पन गोकर्णेश्वरमा

प्राकृतिक सम्पत्ति दोहन : बुढानिलकण्ठको कम्पन गोकर्णेश्वरमा

कपन अनलाइन

काठमाडौं ,मंसिर २५।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा प्राकृतिक सम्पत्तिहरु दोहनको क्रम बढे संगै तत्काल अनुगमन गरेर गैर कानुनी कार्यहरुमा रोक लगाइएको छ।

लामो समय देखि स्थानीय जनसरोकार र सार्वजनिक सम्पत्ति संरक्षणका लागि निरन्तर कलम चलाउदै आएका संचारकर्मी केशव राज पाठकको नेतृत्वमा नगरपालिकामा निवेदन आए पछी नगर प्रमुखले तत्काल अनुगमन गरेर  कारवाहिका लागि निर्देशन दिएका थिए।

नगरपालिकाको प्राविधिक समिति र जनप्रतिनिधिहरुलाई विभिन्न दवाव ,प्रभाव र प्रलोभनमा पारेर बालुवा,माटो,ढुंगा जस्ता प्राकृतिक सम्पत्तिहरुको व्यापक दोहन गर्दै आएको गिरोह नगरपालिकाको चेतावनी र स्थलगत कारवाही पछी निकै छटपटाएका छन।

व्यक्तिगत जग्गा सम्याउने स्वीकृति लिएर ब्यापक रुपमा बालुवा र माटो बेचबिखन भएको स्थानीयको गुनासो बढे संगै नगरपालिकामा संचालित खानी संचालन,बालुवा वासिंग जस्ता व्यवसायले संचालकहरुले ठुलो मात्रामा प्राकृतिक सम्पत्ति अपचलन गरेको भेटिएको छ।

नगरपालिकाको आन्तरिक आयको मुख्य श्रोत भएकोले मापदण्ड अनुरुप दिएको स्वीकृतिका आधारमा ठुलो मात्रामा राजस्व छली गर्ने कार्य  सार्वजनिक चर्चामा आए सगै स्थलगत अनुगमन गर्ने जनप्रतिनिधि,स्थलगत निरीक्षण गरेर सिफारिस गर्ने प्राविधिक शाखाका कर्मचारी र स्वीकृति दिने प्राविधिक समितिको भूमिका माथि पनि प्रश्न उठन थालेको छ।

बुढानिलकण्ठ नगरपालिकाले प्राकृतिक दोहन गरेर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरु माथि छानविन र कारवाही शुरु गरे संगै यसको कम्पन गोकर्णेश्वर नगरपालिकामा पनि देखिएको छ।

गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरुमा सामुदायिक बन,खोला खोल्सा र डाँडाहरुमा भैरहेको बालुवा,माटो र ढुंगा उत्खनन र विक्री वितरण गैर कानुनी रुपमा भैरहेको जनस्तरमा चर्चा चले संगै नगरपालिका माथि छानविन र कारवाहीको दवाव बढेको छ।

तारकेश्वर र टोखा नगरपालिकाले यस अघि नै बालुवा ,माटो बेचबिखनमा रोक लगाइसकेका छन भने प्राकृतिक सुन्दरता नै कुरूप बनाउने गरी भएको दोहनमा रोक लगाउन गोकर्णेश्वर नगरपालिका माथि पनि दवाव बढेको छ।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।