नागार्जुन नगरपालिकामा श्रृजना कलेज अफ फाइन आर्टको भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं ,मंसिर २५।

नागार्जुन नगरपालिकामा श्रृजना कलेज अफ फाइन आर्टको भवन शिलान्यास गरिएको छ। काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य  जीवन राम श्रेष्ठले नार्गाजुन नगरपालिका वडा नं  ५ छोकडोल सितापाईलामा निर्माण हुने  मुनाफा रहित सामुदायिक शिक्षण संस्था श्रृजना कलेज अफ फाइन आर्टको भवन   शिलान्यास गरेका छन ।

साढे दुई रोपनी क्षेत्रफलमा कुल लागत पाँच करोड पचास लाखमा  निर्माण हुन लागेको भबन निर्माणको लागि काठमाडौं महानगरपालिका र यु जि सि बाट सहयोग गरिएको छ।

सो भवन शिलान्यास गर्दै  श्रेष्ठ आर्ट  बिधामा गैर नाफामुलक समुदायबाट सन्चालन गरिएको एकमात्र कलेज भएको र राष्ट्रलाई चिनाउने संस्कृति सम्पदा र इतिहास लाई संरक्षण गर्दै जिबन्त राख्ने कला भएको हुँदा यसको बिकास र बिस्तार गर्न अति आबश्यक रहेको बताएका थिए।

उक्त कार्यक्रममा नार्गाजुन नगरपालिकाका उपप्रमुख  सुशिला अधिकारी, ना.न पा. वडा न. ५ का अध्यक्ष महेश रिमाल, कलेज संचालक समितिका अध्यक्ष मनमोहन श्रेष्ठ लगायत संचालक समितिका पदाधिकारी र स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।