काठमाडौं क्षेत्र नं ५ ( २ ) का संघीय र प्रदेस स्तरीय योजनाहरु सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,मंसिर २५।

काठमाडौं क्षेत्र नं ५ ( २ ) का संघीय र प्रदेस स्तरीय योजनाहरु सार्वजनिक गरिएको छ।बुढानिलकण्ठ जंगल क्याम्पमा आयोजित कार्यक्रममा   काठमाडौं क्षेत्र नं ५ (२ ) मा रहेका काठमाडौं महानगरपालिका,बुढानिलकण्ठ र टोखा नगरपालिकाका १२ वटा वडामा आर्थिक वर्ष २०७७/७८ मा संचालन हुने योजनाहरु सार्वजनिक गरिएको थियो।

काठमाडौं क्षेत्र नं ५ (२ ) मा  बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ (२ ) मा संघीय सांसदका १२ र प्रदेस सभा सदस्यका १४ वटा योजनाहरु सार्वजनिक गरेका थिए।

काठमाडौं क्षेत्र नं ३  बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेकपा काठमाडौं अध्यक्ष कृष्ण राई ,बागमती प्रदेस सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य नारायण सिलवाल , बागमती प्रदेस सभा सदस्य सिता लामा,बागमती प्रदेस सभा सदस्य भीमसेन खत्री ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी , बुढानिलकण्ठकी उपप्रमुख रमा राई ,टोखाकी उपप्रमुख ज्ञानमाया डंगोल,नेकपा काठमाडौं जिल्ला कमिटी सदस नारायण भाइ श्रेष्ठ ,धुर्व पाण्डे , जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ -३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ , नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,टोखाका अध्यक्ष दिपक बानिया ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल ,टोखाका सचिव सत्य नारायण डंगोल , टोखा नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत प्रदिप पौडेल,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रसाशाकीय अधिकृत बैकुण्ठ सापकोटा सहित उक्त निर्वाचन क्षेत्रका १२ वटा वडा बाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु  र नेकपा नेता कार्यकर्ताहरुको उपस्थितिमा भएको कार्यक्रममा  “मेरो क्षेत्र मेरो योगदान ,सक्रिय सहभागिता सहितको श्रमदान ” अभियान पनि घोषणा गरिएको थियो।

काठमाडौं क्षेत्र नं ५ ( २ ) मा संघिय सांसदका योजनाहरु  :

१. टोखा नगरपालिका 

चंडेश्वरी सामुदायिक भवन निर्माण -१० लाख (वडा नं २ )

शंखधर पार्क (गले पार्क ) निर्माण तथा संरक्षण -२० लाख (वडा नं २ )

स्टार टाउन सडक -४० लाख (वडा नं ३  )

सिद्दीगणेश टोल देखिभद्रकाली डेरी सडक -३० लाख (वडा नं ४ )

धापासी देवी मार्ग सार्वजनिक जग्गा संरक्षण -१५ लाख (वडा नं ५ )

चुनदेवी मन्दिर प्रांगण निर्माण -१५ लाख (वडा नं ६  )

२.बुढानिलकण्ठ नगरपालिका 

छोलिंग गुम्बा सडक -४५ लाख (वडा नं ३ )

मध्ये पासिकोट सडक -४५ लाख (वडा नं ४ )

दक्षिणेश्वर क्लव नजिक सार्वजनिक जग्गा संरक्षण -२० लाख (वडा नं ५ )

धरमपुर बस्तीमा ढुंगा छाप्ने कार्य -४४ लाख ४० हजार (वडा नं ६  )

पान चौर सामुदायिक भवन निर्माण -२० लाख ((वडा नं ७  )

३.काठमाडौं महानगरपालिका 

धारापाटी सार्वजनिक जग्गा संरक्षण- २० लाख (वडा नं ३ )

प्रदेस सभा सदस्यका योजनाहरु :

१. टोखा नगरपालिका 

गणेश स्थान लाछी तर्फ  ढुंगा छाप्ने -२५ लाख ( वडा नं २ )

पन्चेटार भिल्ला सडक बखुनडोल  – ४० लाख ( वडा नं ३ )

सुर्यदर्शन सडक -२५ लाख ( वडा नं ३ )

साइबाबा स्कुल -विष्णुमति सडक -२३ लाख ८० हजार ( वडा नं ३ )

लाखेडाँडा पार्क निर्माण -२५ लाख ( वडा नं ६  )

हरिहर मन्दिर सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण -१५ लाख ( वडा नं ६  )

भूपू प्रहरी संघ भवन संगै पार्क निर्माण -१० लाख ( वडा नं ७  )

२.बुढानिलकण्ठ नगरपालिका 

कैलाश कोलोनी सडक -१० लाख (( वडा नं ३ )

देउला टोल सडक -१५ लाख ( वडा नं ३ )

वडा कार्यालय संगै विष्णुमति पार्क निर्माण -२५ लाख (वडा नं ५ )

च्यासिनडोल मार्ग सडक -१५ लाख (वडा नं ६ )

लुड़ेखोला पार्क निर्माण -१० लाख (वडा नं ६ )

भद्रकाली डेरी -धापासी सडक -१० लाख (वडा नं ६ )

दथु गाउँमा फल्चा निर्माण – ३० लाख (वडा नं ७ )

३.काठमाडौं महानगरपालिका 

बाँस बारी प्रकृति पार्क निर्माण -२० लाख (वडा नं ३ )

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।