नेपालका विवेक माेडलिङ ‘ एशिया’को उत्कृष्ट १३ मा

नेपालका विवेक माेडलिङ ‘ एशिया’को उत्कृष्ट १३ मा

कपन अनलाइन

काठमाडौं ,मंसिर २५ ।

नेपालका युवा माेडल विवेक खड्का एशिया मोडल फेष्टिभल अन्तर्गत रहेको ‘फेस अफ एशिया २०२०’मा उत्कृष्ट १३ मा पर्न सफल भएका छन् ।

साउथ कोरियाबाट विगत १५ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा नेपालका तीन सहभागी मध्य उनी उत्कृष्ट १३ भित्र पर्न सफल भएका हुन् । प्रतियोगिताको उत्कृष्ट १३ भित्र नेपाल पहिलो पटक पर्न सफल भएको छन् । नेपाल, भारत, चीन, कोरियालगायत २६ देशका ७८ सहभागी प्रतियोगितामा रहेका थिए । कोरोनाको कारण यो पटक भर्जुअल रुपमा आयोजना भएको प्रतियोगिता बिगत ७ महिनादेखि बिभिन्न सेसनको रुपमा आयोजना हुँदै आएको थियो । डिसेम्बर ४मा सम्पन्न प्रतियोगितामा शिर्ष उपाधि क्यबाका युवकले जितेका थिए ।

विश्वकै चर्चित मोडलिङ प्रतियोगिता मानिने यो प्रतियोगीतामा खड्काले बिभिन्न सेसेनमा नेपाली कलासंस्कृति, फेसन, ऐतिहासिक महत्व झल्कने बिभिन्न पहिरन सहितको प्रस्तुति दिएका थिए । ‘प्रतियोगिताको शीर्ष उपाधि जित्ने उदेश्य थियो । तर त्यो गर्न सकिएन’ खड्काले भने ‘उत्कृष्ट १३ भित्र पर्नु पनि नेपालका लागि ठुलो उपलब्धि हो ।‘ प्रतियोगीतामा नेपाल यस अगाडि पहिलो चरणबाटै बाहिरिँदै आएको थियो । यो पटक भने बिभिन्न चरणको छनौटमा पर्दै १३ सम्म आइपुग्न सफल भएको हो ।

‘फेस अफ नेपाल २०२०’को विजेताको रुपमा उक्त प्रतियोगितामा सहभागी उनले ‘चाइन फ्यान वीक’ र ‘कोरिया फेसन वीक’मा सहभागीको अवसरका साथै अन्तर्राष्ट्रिय कस्मेटिक ब्रान्ड डा.ओराकलको प्रायोजनमा रु १ लाख युआन रुकम समेत पुरस्कारको रुपमा प्राप्त गरेका छन् । ‘मोडल हन्ट नेपाल २०१६’का विजेता समेत रहेका खड्का ‘मिस्टर ओशन इन्टरनेशनलमा समेत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदै शीर्ष १६ भित्र सफल भएका थिए ।

केही अन्तराष्ट्रिय ब्राण्डमा मोडलको रुपमा समेत काम गरिसकेका खड्कासँग ‘दलजित सुडान फेशन रनवे’ र ‘जेडवाई फेशन रनवे’ लगायतमा मुख्य मोडलको रुपमा सहभागी भएको अनुभव पनि छ ।

स्वदेशका यामाहा, टुबर्ग, कार्लसबर्ग, किंगफिशर, गोल्डस्टार र सनराइज बैंक जस्ता संस्थाको प्रमोसन विज्ञापनमा मोडलिङ गरेका विवेक म्यूजिक भिडियोमा पनि राम्रै जमेकी छन् ।

तपाइँको प्रतिक्रिया ।