भ्रष्टाचार विरुद्ध मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको प्रदर्शन

भ्रष्टाचार विरुद्ध मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको प्रदर्शन

कपन अनलाइन

काठमाडौं ,मंसिर २५।

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस ९ डिसेम्बरका दिन  मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले बौद्धमा ‘भ्रष्टाचारीलाई कारबाही गरौँ, भ्रष्टाचार अन्त्य गरौँ’ भन्दै शान्तिपूर्ण प्रदर्शन गरेको छ।

बिहान ८ बजेदेखि आधा घण्टाका लागि गरिएको प्रदर्शनमा स्थानीय जनप्रतिनिधि, समाजका पदाधिकारी तथा भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका अभियन्ताहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले वाइड बडीमा भएको भनिएको भ्रष्टाचार, ७० करोड को टेप काण्ड लगायत विभिन्न भ्रष्टाचारविरोधी नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

प्रदर्शनलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, प्रमुख सल्लाहकार दिपक रिसाल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्र लामा, मानव अधिकार तथा शान्ति समाजका पुर्व महासचिव कुमार राज सुबेदी, काठमाडौँ शाखाका सभापति जग्गुनाथ पुडासैनीसहित समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले सम्बोधन गरेका थिए। ट्रान्सपरेन्सी इन्टरनेसनलले केही हप्ता अघि नेपाललाई भ्रष्टाचार हुने राष्ट्रमा एसियाकै प्रथम राष्ट्रको दर्जा दिएको थियो।

तपाइँको प्रतिक्रिया ।