नेपाली फुटवललाई व्यवसायिक बनाउन एन्फाको छलफल

कपन अनलाइन

काठमाडौं ,मंसिर २५ /नविना श्रेष्ठ

नेपालको फुटबललाई अझै व्यवसायिक बनाउन एन्फाले इतिहास मै पहिलो चोटी आफ्ना अनुभव, योजनाहरुलाई सहिद स्मारक ए डिभिजन फुटबल लिग २०७६ बिजेता मछिन्द्र क्लबसंग आफ्नो अनुभव साटासाट गरेका छन्। घरेलु क्लबहरूले AFC लाईसेन्स लिन गर्नुपर्ने प्रकियाहरुको जानकारी अनुभवहरू पूर्व राष्टिय फुटबल क्याप्टेन विकास मल्लले बताएका थिए।

एन्फाले युथ फुटबल विकासको लागि गरिरहेको कार्यहरु र योजनाहरुको जानकारी एन्फाका उपाध्यक्ष उपेन्द्र मान सिंह र नवीन महर्जनले दिएका थिए। अन्तरक्रियात्मक कार्यक्रम मन्छिद्र क्लबमा गएको शनिबार सम्पन भएको फुटबल कमिटिका सदस्य श्रीजन मान श्रेष्ठले जानकारी दिनुभयो।

एन्फाले नेपाली फुटबल विकासका लागि बुनिराखेका योजनाहरु एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिएका थिए। कार्यक्रम मछिन्द्र क्लबका अध्यक्ष प्रबोद वीर सिंह कंसाकारले स्वागत मन्तब्य राख्दै,एन्फालाई योजनाहरुको सफलताको शुभकामना दिएका थिए। सदस्य किरण बहादुर श्रेष्ठले सो कार्यक्रम संचालन गरेका थिए।मन्छिन्द्र क्लबका पदाधिकारी र फुटबल कमिटिका सदस्यहरूको पनि उपस्थिति रहेका थिए।

तपाइँको प्रतिक्रिया ।