प्रेम के हो ?

प्रेम के हो ?

कपन अनलाइन

काठमाडौं ,मंसिर २१ /कमल घिमिरे

कुनै पनिचीज, भाव या रहस्यलाई परिभाषामानउतारीकन मन शान्तहुँदैन । तर कयौंचिज यस्ता छन्, जसलाई परिभाषामाबाँध्न सकिन्न, व्याख्यामा समेट्न सकिन्न । कुनै किताब पढेर प्रेमलाई जान्न सकिन्न । कयौं ठूला अनुसन्धान र वैज्ञानिकहरूले समेत परिभाषामा समेट्न नसकेका कुरा हो प्रेम । केही समय यता म आफुलाई खुव प्रेमिल बनाउने कोशिश गरे । गाउँ, सहर, टोल, समाज जतासुकै एउटा फेसनको रुपमा मौलाउदै गहिरेको प्रेम के हो त भन्ने बिषयमामलाई खुवचासो बढ्न थाल्यो ।
जीवनलाई खुसी, सुखी र प्रेमपूर्ण जिउन प्रयत्नरत हामी सधैं एउटा प्रश्नमाअल्झिरहेका हुन्छौं । प्रेम के हो त ?
प्रेमकाअलवा अरू कुनै तुलना योग्य वस्तु भएको भए प्रेम के हो प्रश्न गर्नु सान्दर्भिक हुन्थ्यो
होला? प्रेम, प्रेम नै हो त्यसैले यसको कुनै अरु जवाफ मिल्दैन । सधैं तर्क र प्रश्नहरूले भरिएकाहामीलाई प्रेम मान्छेको अस्तित्वको उपहार हो मात्रभनेर चित्तबुझ्दैन । विज्ञान, गणित र रसायनशास्त्र जानिसकेका हामीलाई पहिले गर्ने, मान्ने अनि ठान्ने । प्रेमलाई प्रयोग गरेर हेर्ने कुनै प्रयोगशाला छैन । प्रेमआफैंमा एक रहस्यमय प्रयोगशाला हो, यसलाई अनभूति मात्र गर्न सकिन्छ । अनुभूति र अनुभवको नाम नै प्रेमहो । सृष्टिको स्रोत हो । प्रेमको कारण हामीले जीवन पाएका छौं । प्रेमविना यो जीवन सम्भव थिएन तर विडम्बना रहस्यलाई रहस्यकै रूपमा अनुभूति गर्न छाडेर परिभाषामा अल्झेका रहेछौं हामी ।
प्रेमको स्वरूपका खोलाहरू संसारमा अनगिन्ति छन् । धेरै बगे कतिबीचमै सुके अनिकति सागरको काखमा लुट्पुटिए, खोलाले ढुंगामा छिचोल्यो, बगर छिचोल्यो, ढिस्को काट्यो, गल्छी भेट्यो, पहाड काट्यो, मैदान बगायो, संघर्ष र पीडाका क्षणहरू एक र एक गर्दै सह्यो अनि बल्ल प्रेम प्रेममागएर विलीनभयो, प्रेमपूर्ण भयो, एक भयो जस्तो मलाई लाग्थ्यो । टतर बिस्तारै (मलाई प्रेमको व्यापक स्वरूपकाबीचमा मेरा नयनको अगाडि बढी जसो युवक र युवतीका बीचको प्रेम देखा पर्न थाल्यो । स्त्री र पुरुषदुवै एक अर्कासङ्ग प्रेम गरिरहेको जस्तो तर खास उनिहरु एक अर्कासङ्ग प्रेम मागिरहेको मैले बुझे ।
किशोरावस्थामा जतिले महसुस गरे त्यो प्रायःमाया नभएर एउटा आकर्षण मात्रै हो, जसलाई हामी प्रेम नामदिएर झुक्किरहेका हुन्छौं तर यो सत्य हो कि ‘आकर्षण’ मायाको पहिलो खुट्किला हो । तर आजको मान्छे केवल आकर्षणलाई प्रेम सम्झिन्छ । उनीहरुको प्रेम क्षणिक हुन्छ । विस्तारै आकर्षण कमहुँदै जाँदा त्यस्ता प्रेम हराउँदै जान्छन् । क्षणिक आकर्षण भंग भए सँगै प्रेम पनि समाप्त हुन्छ ।
अचेल सबैका इच्छा र आकांक्षा अनि जीवनको एक मात्रधोको नै प्रेम बनेको छ कि बाँचुञ्जेल प्रेमको आश, नमरुञ्जेल प्रेमको इच्छा  अनिभोगुञ्जेल प्रेमको प्यास, तृप्तताको प्रयासमा अतृप्त रहेको प्रेमले मानिसको बुद्धिमता मस्तिष्कलाई नराम्ररी घुमाइदिएको हुन्छ ।
प्रेमको लागि हरेक कुरा जायज हुन्छ । आफ्नो प्रेम प्राप्तिको लागि मान्छे हरेक कुरा त्याग्न तयार हुन्छ, सारा संसार सँग लड्न सक्छ । प्रेमले मान्छेलाई शक्ति दिन्छ, खुसी दिन्छ । तर यदि प्रेम झूटो भयो भने जीवननै बर्बाद पारि दिन्छ । वास्तवमाहाम्रो भित्रबाट स्वस्फूर्त रूपमा प्रेम प्रकट हुनदिएकै छैनौं हामीले । अहंकार स्वरूप हामीले आफैं प्रेम गरेका छौं भन्ने भ्रममा परेका छौं । त्यही कारणले त संसारमा घृणा र द्वेष फैलिएको छ । संसारमा वास्तविक प्रेम के हो त भनेर धेरैले जान्न खोजे थुप्रै बिद्धान र साहित्यका साधकहरूले छरपस्टिएका प्रेमका स्वरूपहरूलाई बटुले, एकत्रित गरिरहे अनि बेलिविस्तारका साथपस्किने कोशिश गरिरहेका छन र पनि प्रेमको ठेट कुरा पत्ता लगाउन सकेनन् । प्रेमलाई शतप्रतिशत सम्बोधन गर्न सक्ने सायदै कुनै परिभाषा नै बनेको छैन् । तर ज–जस्ले आफ्नो अनुभवको आधारमा आफ्नो तरिकाले परिभाषित गरे उनिहरुको नजरमा त्यो गलत पनि पक्कै होइन ।
मैले लेखेका कुराहरु पनि शत प्रतिशत ठिक छन भन्ने चै होइन तर मैले बुझे अनुसार प्रेम एउटा अनुभूति हो, एउटा रहस्यहो र एउटा राजहो । प्रेमबिनाको जीवनकुनै न कुनै अर्थमा असन्तुलित हुन्छ । प्रेमले जीवनमा सन्तुलन, सन्तोष र परितृप्ति ल्याउँछ । यसमा जति तर्क र बुद्धि लगाएपनि, मन जतिमा लिक हुन खोजे पनि यो रहस्यमै रहन्छ । यो रहस्यको आनन्दमा डुब्नु जतिको समझदारी अरू हुनै सक्दैन । जीवन अन्त हुन्छ, जिन्दगीअन्त हुन्छ, भौतिकप्रपन्च सारा अन्त हुन्छ । तर म चाहान्छु । प्रेमको यो बाटो कहिले अन्तनहोस..! प्रेमको यो सिलसिला युगौयुग चलिरहोस, चलिरहोस…..!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।