तारकेश्वर नगरपालिकाका विद्यालयहरु आज बाट खुल्ने

तारकेश्वर नगरपालिकाका विद्यालयहरु आज बाट खुल्ने

कपन अनलाइन

काठमाडौं ,मंसिर २१

कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द तारकेश्वर नगरपालिका भित्रको विद्यालय मंसिर २१ गते  आइतबारदेखि खुल्ने भएको छ।

सरकारले तयार गरेको विद्यालय सञ्चालनको कार्य ढाँचा २०७७ अनुसार स्थानिय तहको अनुमतिमा विद्यालयहरु खुल्न लागेका हुन् ।

जनस्वास्थ्य एवम सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा संचालन गर्न सक्ने गरि निजी तथा आवसीय विद्यालय संगठन प्याप्सन र एनप्याप्सलले अनुमति दिएको अनुसार कक्षा सञ्चालन गर्न लागेको शनिवार एञ्जेल हार्ट स्कूलमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर कक्षा ८ भन्दामाथिको कक्षाहरु सञ्चालन गर्न अनुमति दिएको हो । विद्यालय सञ्चालन विहान र दिउँसो दुईसिफ्टमा हप्ताको ३ दिन आलोपालो गरि सञ्चालन गर्न पाइनेछ ।

तपाइँको प्रतिक्रिया ।