गजल : तिलकराम पोख्रेल

गजल : तिलकराम पोख्रेल

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

न नै गर्छन आफू न नै गर्न दिन्छन्
न नै मारिदिन्छन् न नै मर्न दिन्छन्

मुर्ती झैं उभिएर इतिहासको सामू
ननै अघि बढ्छन् न नै सर्न दिन्छन्

बाँझो खेत देखाएर समवेदना गर्दै
न नै बिउ दिन्छन् न नै छर्न दिन्छन्

उन्नतिको चुचुरो देखाउँछन् मात्र
न त चाल्छन् पाईला न नै चर्न दिन्छन्

रित्तिएको लोटा बजाउँदै नचाउँदै
न नै खोजी गर्छन् न नै भर्न दिन्छन् ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।