कपन बंगलामुखी क्षेत्रमा सामाजिक जागरण अभियान नेपाल ( SAMIN) को सरसफाई

कपन अनलाइन

काठमाडौं ,मंसिर ७।

सामाजिक जागरण अभियान नेपाल( SAMIN) को बुढानिलकण्ठ नगर स्तरीय बृहत सरसफाइ अभियान -२०७७ को तेश्रो सरसफाइ कार्यक्रम वडा नम्बर ११ स्थित बङलामुखी मन्दिर सरसफाई गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको १३ वटै वडा मा सन्चालन गरिने यस महाअभियानको तेश्रो कार्यक्रम बुनपा ११ स्थित बङलामुखि मन्दिर परिसर, वडा कार्यालय हुँदै कृष्ण मन्दिर चोकमा पुगेर  समापन गरिएको थियो ।

अभियानलाई हौसला प्रदान गर्न ने.का. ४ नम्बर निर्वाचन क्षेत्र सभापति बिनोद चालिसे, नेकपा बुढानिलकण्ठ नगरकमिटी अध्यक्ष रबिन अधिकारी,नेकपा  नगर कमिटी सदस्य शिव बजगाई, वडा ११ का नेकाका सभापती राधेश्याम कार्की, पर्यटन नमुना टोलका सचीव शिव श्रेष्ठ, कपन प्रहरी प्रभागका प्रमुख शेखर जङ मल्ल लगायतको  सहभागिता रहेको थियो   ।

हरेक महिनाको दुई पटक एक वडाको धार्मिक तथा पर्यटकिय र सार्वजनिक स्थल मा गरिने सरसफाई महाअभियानमा स्थानीयहरुलाई समेत समाबेश गराई जनचेतना फैलाउने सरसफाइको प्रमुख उद्धेश्य रहेको कार्यक्रम संयोजक तथा समिनका सचिव सुबिन चालीसेले बताए । बुढानिलकण्ठ सरसफाइ महाअभियानमा चखुन्चा युवा समूह, समृद्धि महिला समुह, शान्तिनगर महिला समूह संयुक्त युवा सन्जाल तथा नमुना बचत तथा ऋण सहकारी सस्था लि. को सहकार्य रहेको छ।

बुढानिलकण्ठ नगरपालिकामा रहेका सम्पुर्ण सामाजिक सस्था, स्थानीय युवा क्लब, महिला समूह तथा आमा समूह लगायत अन्य सामाजिक  संस्थाहरुलाई  सरसफाइ महा अभियान मा सहभागी हुन समेत समिनका अध्यक्ष बिनोद भट्टराईले आव्हान गरेका छन   ।

 

तपाइँको प्रतिक्रिया ।