नेपाली मन भित्रको वैश्विक मन (विचार )
कपन अनलाइन
काठमाडौं ,मंसिर ६/गोविन्द शरण उपाध्याय पिएचडी
यजुर्वेदको रूद्राष्टध्यायीमा मनलाई ‘तन्मे मनःशिवः सङ्कल्पमस्तु’अर्थात् सकारात्मक चिन्तनको सङ्कल्प गर्ने आधार भूमिका रूपमा चिन्हित गरिएको छ । यसको अर्थ हो (मन नै सङ्कल्पको आधार भूमि हो जसले आत्म र परमात्माको शुभअशुभको सङ्कल्प गर्छ । यसरी नेपाली मनको अभिनिर्माणमा वैदिक चिन्तन, सिद्धान्त र सङ्कल्पको भूमिका छ जसले आफ्नो र अर्काको विभेद नगरी सबैको कल्याण, सुखी र निरोगको कामना गर्छ ।
नेपालीहरूको मन पोल्छ, मन दुख्छ, मन रुन्छ, मन हाँस्छ, मन भरंग हुन्छ, मन तातो हुन्छ, मन चीसो हुन्छ । मन गदगद हुन्छ, रमाउँछ, अमिलो हुन्छ, मन पिरो, तीतो र असंबेदनशील हुन्छ । मन छाडा हुन्छ, मन बलियो हुन्छ, मन कमलो हुन्छ र मन रुखो हुन्छ । मन जाली हुन्छ, मन फाट्छ, मन टालिन्छ, मन डराउँछ, मनको बाघले खान्छ, मनको प्वाँखले विश्व घुम्न सक्छ ।
फ्रायडहरूले मनलाई जसरी बूझे तिनको बुझाईको मन र नेपालीबुझाई र भोगाईको मनमा धेरै फरक छ भन्ने कुरा नेपाली मनोविज्ञहरूले बुझ्न अझैं सकेका छैनन् । पश्चिमाहरूको मन (:ष्लम) असलमा मन (झयतष्यल) नभएर बुद्धि (चबतष्यलबष्तिथ) कै एउटा अंगहो जसले मान्छेका सम्पूर्ण सोच, व्यबहारलाई प्रभावित पार्छ । वैदिक, जैन र बौद्ध सहित नेपाली रैथानेहरूले भोगिरहेको मन केवल कोमल र कठोर भावना, संवेग तथा चित्तको प्राकृतिक अवस्था हो ।
त्यसैले श्रीमद्भागवतको ११ रौँ स्कन्धमा प्रष्टसंग “मनःएव मनुष्याणांं कारणं बन्ध मोक्षयो अर्थात् मन नै मान्छेका लागि बन्धन र स्वतन्त्रताको स्रोत हुन्छ । नेपाली बोलीमा मनसंग जोडिएका अनेकौं महत्वपूर्ण भनाई तथा बुझाई छन् । भने सप्तसति चण्डीमा ‘यंयं चिन्तयते काम टमतं प्राप्नोतिनिश्चितम्’ भनेर सङ्कल्पकर्ताको रूपमा बुझिएको छ । आजभोलीमनको धेरै चर्चा हुन्छ मानौं मान्छेहरू केवलमनले संचालित छन् ।
भागवत र चण्डीका उपरोक्तभनाइहरूले अत्याधुनिक मनोविज्ञान ‘मान्छेले सोचेको कुरा प्राप्त गर्न सक्छ अर्थात् सकारात्मक सोचको जादुलाई प्रमाणित गर्छन् । मान्छे आफ्नो सोच र चिन्तन अनुसारको बन्छ भने मान्छेले जे(जे जसरी सङ्कल्प गर्छ उसले त्यो लक्ष अवश्य प्राप्त गर्छ’ विचारहरूको स्रोत वैदिक चिन्तन नै भएको प्रमाणित हुन्छ ।
नेपाली मन भनेको वैश्विक मन हो जसले विश्वका हरेक व्यक्तिलाई कुटुम्व ठान्ने, सबैको कल्याणको कामना गर्ने र भद्रको कामना गर्ने संस्कारमा निर्मित भएको छ । विश्वका हरेक मान्छेको देशकाल र परिवेश अनुसार आ–आफ्नो संस्कार मान्ने स्वतन्त्रता प्रदान गर्छ । स्वं स्वं चरित्र शिक्षेरन्।
मेरो विचारमा नेपाली मन वैश्विक छ किनभने नेपाली मनभित्र विश्वलाई प्रतिविम्वित गर्ने आधार र क्षमता छ । हरेक मान्छेहरू संगै मिलेर, संगै भोजन गरेर र सहकार्य गरेर एक अर्काको सहयोग गर्न सकिन्छ भन्ने मन वैदिक देखि अक्षुण्ण छ ।
विश्वमा जहाँ गएपनि नेपाली मन नेपालीहरूसंगै हुन्छ । नेपाली मनलाई विदेशी बन्न कमसेकम तीन पुस्ता लाग्छन् नै । विश्वभरी छरिएर रहेका हामी नेपालीहरूको मन आज पनि रैथाने नै छ । नेपाली गीतसङ्गीत, हिमाल, पहाड तराई र आ–आफ्नै रैथाने भाषा र चिन्तनमा रमाउँछ । विश्वको जुनसुकै कुनामा पुगेपछि नेपाली मनले हामीलाई छोड्दैन । जुनसुकै धर्म–संस्कार माने पनि हामीसंग नेपाली मन छ ।
त्यसैले अव हामीले नेपालको रैथाने परिवेशमा हजारौं वर्षदेखि अभिनिर्मित भएको मनको रैथाने विधिले नै पहिचान र उपचारहरू विकसित गर्नुपर्छ । विदेशीले अभिनिर्माण गरेका मानसिक सिद्धान्तहरूले विपरीतार्थ हुनसक्छ । विश्व सजिलो छैन ।
करोना जस्ता हजारौं लाखौँ समस्याहरू मान्छेले भोग्दै र जित्दै आएको छ । जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच राखौं र जीवनयात्रालाई निरन्तरता दिउँ । सहयोग गरौँ र सहयोग प्राप्त गरौँ । मनोबैज्ञानिक क्षेत्रमा काम गर्ने विद्यार्थी र अनुसन्धाताहरूले नेपाली मनको निर्माण, क्रिया र क्रियाले निम्त्याउने व्यबहारहरूको मानक स्थापित गर्न काम गरौँ । विदेशीहरूले सात समुद्र पारिका मान्छेहरूको मनको व्याख्या गरेका छन्, तिनका लागि त्यो उपयुक्त होला तर हाम्रो लागि आफ्नो मनको निर्माण, क्रिया र लक्ष आफैले निर्धारण गर्नुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक