कोरोना संक्रमणका कारण बुढानिलकण्ठ नगरपालिकाका एक कर्मचारीको मृत्यु

कपन अनलाइन

काठमाडौं ,मंसिर ४।

कोरोना संक्रमणका कारण बुढानिलकण्ठ नगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कार्यालय सहयोगीका रुपमा लामो समय देखि कार्यरत रहेका शिवराम खत्रीको मङ्सिर ३ गते बेलुका १०.३० बजेको समयमा मेडिकेयर अस्पताल चाबहिलमा निधन भएको हो।

लामो समय देखि विभिन्न रोग संग जुध्दै आएका खत्रीलाई कोरोना संक्रमण देखिए संगै उनको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने वडा नं ११ ले जानकारी दिएको छ।वडा नं ११ का स्थायी बासिन्दा खत्रीको उपचारका लागि अस्पताल भर्ना गरे संगै परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

लामो समय देखि नगरपालिकामा सेवारत रहेका खत्रीको निधनले स्तब्ध भएको बताउदै वडा नं ११ ले सो दु:खद् घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना व्यक्त गरेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।