गोकर्ण प्राथमिक अस्पताल प्रमुख डा. सृजना पाण्डेय द्वारा लायन्स आइसोलेसन केन्द्रको निरिक्षण
कपन अनलाइन
काठमाडौं, कार्तिक २४ ।गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले संचालन गरेकोला यन्स आइसोलेसन केन्द्रको गोकर्ण प्राथमिक अस्पतालकी प्रमुख डा. सृजना पाण्डेयले निरीक्षण गर्नुको साथै अहिले सम्मको अवस्थाको बारेमा जानकारी लिएकी छिन ।उनलाई आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक माइ एल सी आइ चिफ लायन रमेश लामाले लायन्स आइसोलेसनको बारेमा र त्यहाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
उनले काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको जानकारी गराए । काठमाडौंमा कैयौँ परिवारको आर्थिक अवस्था कमजोर छ, जो बहालमा बस्छन,यदि संक्रमण भइहालेमा पनि सक्रमितलाई समाजले भेदभावको दृष्टिकोणले हेर्छ भन्ने डरका कारण लुकाउने गरेको पाइन्छ । फलस्वरुप ती परिवारका साथै आफन्त र समुदायसम्म कोरोना फैलने जोखिम बढने हुँदा संक्रमणको जोखिम कम गर्नको लागि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले काठमाडौंमा आइसोलेसन संचालनमा ल्याएको जानकारी गराए ।
उक्त आइसोलेसन केन्द्र अति आवश्यक कोठा बहालमा बस्नेहरुलाई केन्द्रित गरिएको,काठमाडौंमा कोठा बहालमा बस्ने आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितहरुलाई निशुल्क उक्त आइसोलेसनमा भर्ना गरिदै आएको जानकारी गराए । सो आइसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुको लागि निशुल्क चार छाक खाना तथा सामान्य औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्दै आएको जानकारी गराउदै प्रत्येक दिन संक्रमितहरुलाई योगा तथा मनोरञ्जन समेत गराउदै आएको जानकारी गराए । आइसोलेसन केन्द्रको व्यवस्थापनको लागि दैनिक रुपमा लायन्स सदस्यहरुले सामुहिक रुपमा आलोपालो गरेर खटिरहेको पनि जानकारी गराए। आइसोलेसनको अवलोकन पश्चात डा. पाण्डेले लायन्स क्लबले गरेको उक्त कार्य सह्रानीय भएको बताउदै संक्रमण बाट बच्दै सामाजिक कार्य गर्न अनुरोध गरेकी थिइन ।
आइसोलेसन केन्द्रबाट स्वास्थ्य लाभ गरि फर्कनेको शंख्या २८ पुगेको छ।करिब १४ दिनको आइसोलेसन बसाई र पिसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आए संगै आइसोलेसन बसाइ अवधि पुरा गरि आइतबार थप ५ जना घर फर्केका हुन् ।यो संगै आइसोलेसन केन्द्र बाट स्वास्थ्य लाभ गरि घर फर्कनेको शंख्या २८ पुगेको हो ।फर्कनेहरुलाई आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक माइ एल सी आइ चिफ लायन रमेश लामा ,लायन उमेश ढुंगाना , लायन श्रीचन केसी लायन ठण्डराज ठकुरी (राजन )लगायत लायन्स लिडर तथा सदस्यहरुले बिदाइ गरेका थिए ।
आइसोलेसन अवधि पुरा गरेर घर फर्कनेहरुले उक्त आइसोलेसन केन्द्रको व्यवस्थापन राम्रो भएको प्रतिक्रिया दिदै लायन्स क्लबले गरेको सो कार्यको उच्च प्रसंशा सहित धन्यबाद दिएका छन । साथै उनीहरुले प्लाज्मा दान गर्ने पनि प्रतिबद्दता जनाएका छन।