चन्द्रागिरि नगरपालिका ७ मा जेष्ठ नागरिक भवन दिवा सेवा सञ्चालनमा
कपन अनलाइन
काठमाडौं, कार्तिक २४। चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा जेष्ठ नागरिक भवन दिवा सेवा सञ्चालनमा आएकाे छ । नगरपालिका नगर प्रमुख घनश्याम गिरीले एक कार्यक्रमका विच उक्त जेष्ठ नागरिक भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले एकीकृत जेष्ठ नागरिक भवनहरू १५ वटै वडाहरूमा आवश्यक रहेकाे बताए । मेयर गिरीले भने,” जेष्ठ नागरिकहरू काे सम्मान गर्नु र उहाँहरूमा भए गरेका अनुभव आदान प्रदान गर्न र सव्य समाज निर्माणमा जेष्ठ नागरिक भवनहरूले अतुलनीय भुमिका निभाउनेमा हामी विश्वस्त छाै ।”
नगरप्रमुख गिरीले साेच, लक्ष्य र उदेश्य भयाे भने सफलता हासिल हुने बताउदै सकारात्मक र काममा लगनशीलता भए सवै कार्यकाेले मुर्तरुप लिने उनकाे भनाई छ । नगरपालिकाले आम नागरिकहरूकाे सेवा सुविधाका लागि सक्दाे सहयाेग गरिने नगरप्रमुख गिरीले बताए । वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले समाजमा गरिने हरेक गतिविधि समाज रूपान्तरण लागि हुनु पर्ने बताए ।
उनलेे नव निर्मित जेष्ठ नागरिक भवन सवै वर्ग समुदायका आम नागरिहरूकाे समान दायित्व अधिकार सहितकाे उपयाेगी सिद्ध हुने बताए । भवन निर्माण पश्चात् आम नागरिकहरूले बहुउपयाेगी रूपमा सेवा र सुविधा लिनु पर्ने उनकाे भनाइ छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सम्भुकुमार केसीले भवन निर्माणमा सहयाेग गर्ने हरेक नागरिकलाई धन्यवाद दिदै आगामी दिनमा थप सहयाेग गर्दै जाने बताए ।
जेष्ठ नागरिक भवनका अध्यक्ष रूद्र प्रसाद शर्माले जेष्ठ नागरिककाे भवन सामाजिक भवन भएकै कारण स्राेत व्यवस्थापन गर्दै अगाडि वढ्नु पर्ने हुदा सवैकाे साथ र सहयोग आवश्यक रहेकाे औल्याए । उनले भवन निर्माण १ वर्षमा तयारी भएकाे र उक्त भवनमा स्वास्थ परिक्षण,चिया खाजा सुविधा राम्रो व्यवस्थापन हुने र व्यक्तिको जन्म दिनकाे उपलक्ष्यमा चिया खाजा खुवाउन सकिन अध्यक्ष शर्माले बताए । जिल्ला समन्वय समिति काठमाडौ सदस्य तेजिला थापाले सहयाेगी ठुला साना सवैकाे सहयोग अतुलनीय रहेकाे कारण बहुउपयाेगी भवन तयार सम्पन्न भएकाे उनको भनाई छ ।
भवन निर्माणका अनुगमन सदस्य तथा जनप्रतिनिधि महाविर खड्काले जेष्ठ नागरिककाे नव निर्मित भवनले स्थानीय स्तरमै नयाँ र उदाहरणीय कार्य भएकाे बताउदै सवैकाे साथ र सहयाेग आवश्यक रहनु पर्ने उनको भनाई छ । वडा सदस्य उमा थापाले सवै जेष्ठ नागरिककाे सम्मानकाे कुरा रहेकाे बताउदै भवन निर्माण गर्व र खुशी र साेच अनुसारकाे काम भएकाे उनकाे धारणा व्यक्त गरिन । जेष्ठ नागरिक भवन दिवा सेवा चन्द्रागिरि ७ ओमकारेश्वर भवन निर्माण गर्न बाल तपस्सी पण्डित उत्तमभट्ट महाराजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ लगायत स्थानीयहरूकाे सहयाेगमा ८० लाख ५३ हजार ७ सय ५४ रूपया नगद संकलन भएकाे थियाे । जेष्ठ नागरिक भवन निर्माणमा सहयाेग पुर्याउने दातालाई चार चरणमा गरि सम्मान समेत गरिएको थियाे ।