बुढानिलकण्ठमा हरिहरको अलौकिक छाया दर्शन
कपन अनलाइन
काठमाडौं ,कार्तिक २४।
काठमाडौं उपत्यकाकाको निकै महत्वपूर्ण र पावन धार्मिक स्थल बुढानिलकण्ठ मन्दिरमा हरिहरको अलौकिक छाया दर्शन हुने गरेको छ।आधुनिक बिज्ञानलाई नै चुनौती दिने सो छाया दर्शनले उक्त मन्दिरको शक्ति र महात्मेयलाई देखाउने सो मन्दिरका मठाधिस स्वामी निगमानंदले बताएका छन।नियमित र अन्य भन्दा फरक स्वरूप र भागको छाया बुढानिलकण्ठको मुर्ति विराजमान पोखरीमा देखीने भन्दै उनले यसका वारेमा धेरै विद्वान र विसेषज्ञहरु संग परामर्श गर्दा सो मन्दिरमा हुने छाया दर्शन निकै अलौकिक र विशेष रहेको जानकारी प्राप्त गरेको बताएका छन।
हाल सम्म कुनैपनि राजाहरुले दर्शन नगरेको सो मन्दिरमा राजा प्रताप मल्लले दर्शन गर्ने प्रयास गरेतापनि सफल हुन् सकेका थिएनन।बुढानिलकण्ठ मन्दिर आउंदै गरेका उनलाई विच बाटोमै रोकेपछि बाटो रोक्ने सो नागलाई अव उप्रान्त कुनै पनि भगवानको दर्शन गर्न नपाएस भन्दै अन्धो हुने श्राप दिएर फर्केका थिए।अन्धो हुने श्राप पाएको सो नागको मुर्ति अहिले पनि मन्दिर भन्दा केहि तल रहेको छ।
हातहरुमा नागका गहना र भष्मको गोला सहित शिवको स्वरूप रहेको छ भने त्यस्तै अन्य हातमा पदम र गधा बोकेर विष्णुको स्वरुपमा रहेको सो मन्दिरको नाम भने धानको खलो खनेर मुर्ति निकाल्ने बृद्ध निलकण्ठको नाम बाट हुन् गएको जनविश्वास रहेको छ।
कसरी स्थापना भयो बुढानिलकण्ठ मन्दिर ?
द्वापरयुगमा यस क्षेत्रमा रहेको शिवपुरी नगरी राज्यका राजा सुर्यकेतुले हरेक दिन बद्री र केदारको दर्शन नगरी अन्न ग्रहण नगर्ने गरेकोमा उनि बृद्ध अवस्थामा पुग्दा सो गर्न नसकेको भन्दै भगवान संग माफ माग्दा भगवानले नै आफै सो स्थानमा आउने बताएका थिए।
भगवान बद्री केदारले आफ्ना भक्त सुर्यकेतुलाई दिएको बाचा पुरा गर्दै मुर्ति तयार गरेर भीमसेनले बोकेर हालको स्थानमा ल्याएको कुरा विभिन्न किम्बदन्ती र ग्रन्थमा उल्लेख भएको मठाधिस निगमानंद बताउछन।
जीवित ईश्वरको मुर्ति सो स्थानमा आउँदा आफुले देखेको भन्दा फरक स्वरूप देखेर भगवान संग गुनासो गरेका राजा सुर्यकेतुलाई उनका कुनैपनि सन्तानले सो मुर्तिको दर्शन गर्न नपाउन श्राप दिदै भगवान सो क्षेत्रमा विराजमान भएको विस्वास गरिएको छ।
राजा प्रताप मल्लले दर्शनको प्रयास गर्नु भन्दा पहिला हरेक दिन सो मुर्तिको स्वरुपमा रहेका हरिहर मन्दिर नजिकै रहेको अप्सरा घाटमा स्नान गर्न जाने गरेको आफ्ना अग्रजहरु बाट सुन्दै आएको स्थानीयहरु बताउछन।