बुढानिलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीय खुसि
कपन अनलाइन
काठमाडौं ,कार्तिक २४।
बुढानिलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीय खुसि भएका छन। सुगम नगरपालिकामा पनि दुर्गम झैँ विभिन्न समस्या भोग्दै आएका डाँडागाउँका स्थानीयहरुले सो सडक कालोपत्रे भए संगै समय र श्रमको बचत हुने भन्दै खुसि ब्यक्त गरेका हुन् ।
बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव बन्न सक्ने प्रचुर सम्भावना बोकेको डाँडागाउँमा स्थानीयहरुले पेन्देल होम स्टे स्थापना गर्दै सामुहिक पर्यटन प्रवर्धनको प्रयास शुरु गरेको एक स्थानीय शिक्षकले बताए।
संघीय सरकार मार्फत उक्त सडक ओभर ल्यापिंग गर्दै कालोपत्रेका लागि पहल गर्ने काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेललाई धन्यवाद दिदै उनले सोहि स्थानमा सामुहिक कृषिको कार्यक्रम शुरु गर्न लागेको जानकारी दिएका छन।
काठमाडौं उपत्यका सहित सुर्योदय र सुर्यास्तको अवलोकन गर्ने सकिने सो स्थान बाट करिव १ घन्टाको पैदल यात्रामा विष्णुद्वार र करिव ३ घण्टामा बागद्वार पुग्न सकिन्छ।