शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको बुढानिलकण्ठ-मुलखर्क सडक खण्ड निर्माणमा बेवास्ता

शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको बुढानिलकण्ठ-मुलखर्क सडक खण्ड निर्माणमा बेवास्ता

कपन अनलाइन

काठमाडौं ,कार्तिक १८।

शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको बुढानिलकण्ठ-मुलखर्क सडक खण्ड निर्माणमा बेवास्ता गरिएको छ। काठमाडौं उपत्यकाको उत्तरी पर्वत शृंखला शिवपुरी क्षेत्रमा रहेको बुढानिलकण्ठ पानी मुहान देखि सुन्दरीजलको मूल खर्क सम्म रहेको सडक खनिएको निकै लामो समय भएपनि यसको विस्तार र थप सुधारको पहल भए भएको छैन।

ककनी- गुर्जे भन्ज्याङ – बुढानिलकण्ठ डांडागाउँ -पानी मुहान -नागी गुम्बा ,तारेभिर हुदै  तिन जिल्लाको संगम चिसापानी सम्मको साहसिक र पर्यटकीय यात्रा तथा पदयात्राका लागि धेरैको रोजाई बन्ने सम्भावना हुँदा हुँदै पनि सो सडक सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा परेको छ।

काठमाडौं उपत्यकाका जुन सुकै स्थान बाट करिव १ घण्टाको यात्रामा पुगिने रास्ट्रिय निकुन्ज भित्रको सो सडकमा हिउँदमा जेनतेन सवारी साधन चलाउन सकिए पनि वर्षातको समयमा भने सो सडक खण्ड पूर्ण रुपमा बन्द रहने गरेको छ।

प्रकृतिको मनोरम वातावरणमा छोटो यात्रा गर्न रुची राख्नेहरुका लागि रोजाईको गन्तव्य बन्न सक्ने शिवपुरी शृंखलाको यो सडक साइक्लिङ पारखीहरुका लागि पनि निकै उपयुक्त मार्ग रहेको छ।

शिवपुरी पर्वत शृंखलाका सातै द्वार बाट बग्ने बागमती ,विष्णुमति लागयतका नदीहरुलाई जोड्ने सो सडक खण्डमा विभिन्न धार्मिक र पर्यटकीय स्थानहरु रहेका छन।

बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको पर्यटन प्रवर्धनमा मेरुदण्ड बन्न सक्ने सो सडकका वारेमा बेला बेलामा केहि छलफल हुने गरेता पनि निकुन्जको समस्या देखाउदै यसलाई पन्छाउने गरिएको छ।चर्को प्रवेस शुल्क,जिर्ण पूर्वाधार र जनप्रतिनिधिहरुको नगन्य प्रयासका कारण  अलपत्र र ओझेलमा परेको यो सडक खण्डमा पूर्वाधार निर्माणका लागि ब्यापक सार्वजनिक छलफल हुनुपर्ने देखिन्छ।

काठमाडौं उपत्यकामा पानी पुनर्भरण गर्ने जालाधर क्षेत्रका रुपमा रहेको यो क्षेत्रको बुढानिलकण्ठ-मुलखर्क सडक खण्डमा पूर्वाधार विकास गर्दै सहज यातायातको व्यवस्था गर्न सकेमा बुढानिलकण्ठ तौलुंग,तारेभिर ,नयाँपाटी,सुन्दरीजल,मुलखर्क लगायतका स्थानहरुको पर्यटन विकास र स्थानीय उत्पादनहरुको प्रवर्धनमा निकै ठुलो टेवा पुग्ने देखिन्छ।

कुनै समय अन्तरास्ट्रिय साइकलिंग प्रतोयोगिता आयोजना हुने गरेको यस सडकमा अहिले रास्ट्रिय निकुन्जले सबै भन्दा बढी प्रवेस शुल्क लिन थालेपछि काठमाडौंका साइकलैंग पारखीहरुले अरुनै स्थान रोज्न थालेका छन जसले गर्दा यस क्षेत्रको आर्थिक र सामाजिक पक्षलाई नाकारात्मक असर पारिरहेको छ।

सवारी साधनमा  बसेर काठमाडौं उपत्यकाका सबै स्थानहरुको दृश्यावलोकन गर्दै साहसिक पर्यटनमा रमाउन पाउने अवसर बाट बन्चित बनेका पर्यटकहरुलाई पुन काठमाडौं उपत्यकाको उत्तरी भेगमा आकर्षित गर्नका लागि यो सडक निर्माणलाई पर्वतीय चक्रपथका रुपमा विकास गर्नुपर्ने देखिन्छ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।