शंखरापुरको जहरसिंह पौवामा राजनेता उद्यान निर्माण हुने
कपन अनलाइन
काठमाडौं, कार्तिक १८ । शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतित्थ्यमा समपन्न सो कार्यक्रम बिशेष अतिथिको रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई , बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, संविधानसभा सदस्य दिपक कुईकेल, प्रदेश सभा सदस्य मणिराम फुयाल, शंखरापूर नगरपालिकाका उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब यादब प्रसाद कोइराला, भवन निर्माण बिभागका डिजी रुद्र सिंह तामाङ संस्कृति महाशाखा प्रमुख प्रदिप कोइराला , पुरातत्व बिभागका डिजी दामोदर गौतम शंखरापुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एबम नगर प्रवक्ता हितमान तामाङ शंखरापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सन्त बहादुर वाइबा, शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, लगायत स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले गरेका थिए ।शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले स्वागत मन्तब्य राखेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि पार्क लगायतको संरचना निर्माण गर्दा पर्यावरणलाइ ध्यान दिनु पर्ने बताए । भौतिक संरचना निर्माण गर्दा हालका रूख बिरूवाहरू मास्न नहुने बताउदै जथाभावी निर्माण गर्ने हो भने पार्कको औचित्य नहुने बताए । कोरोना भाइरसका कारण पर्यटन ब्यवसाय धरासायी भएको बताउदै त्यसलाई लार्इ उकास्न नयाँ नयाँ योजना ल्याउनु पर्ने उनले बताए । कृषि र पर्यटननै नेपालको सम्रिद्दीका आधार भएकोले कृषिमा आत्मा निर्भर हुने तर्फ काम गर्नु पर्ने बताउदै जहाँ जे कुराको आवश्यकता छ, त्यहि अनुसार योजना बनाउनु पर्ने बताए ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले जहरसिंहपौवा काठमाडौं उपत्यका भित्रको अत्यन्तै सुन्दर ठाउहरु मध्ये एक भएको बताए । उनले काठमाडौं उपत्यका भित्र घाम प्रवेश गर्ने द्वार पनि सोहि स्थान भएको बताउदै सो ठाउको अनेक ऐतिहासिकता बोकेको सो स्थान कुनै बेला काठमाडौं र तिब्बत संगको व्यापारिकमार्ग समेत रहेकोगुरु रिन्पोचे पद्मसम्भब जो पाकिस्तानमा जन्मिएर तक्षशिलामा पढेर नालन्दामा पढाएको र नेपालमा आइ बसेर बौद्धदर्शनको प्रचार गर्दै तिब्बत गएको मार्ग पनि सोहि मार्ग भएको बताए ।काठमाडौं आफैमा एतिहासिक ठाउ शहर जुन भौगोलिक हिसाबले पनि दुनियामा यस्तो राजधानी कम ठाउमा होला भन्ने आफुलाई लागेको बताए। उनले सो ठाउलाई अझै राम्रो बनाउन सबै जना लाग्नु पर्ने बताए।
पर्यटन कृषि र उर्जालाई लाइ अर्थतन्त्रको मुख्य आधार मानेको हुँदा पर्यटन नखोसिने नलुटिने स्थायी सम्रिद्दीको आधार भएको बताए। पर्यटन मन्त्रालयले काठमाडौं उपत्यकाका सबै माथिल्लो डांडाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ भनेर अगाडी बढिरहेको बताए उनले काठमाडौं ललितपुर भक्तपुरका सबै माथिल्ला डांडाहरुलाई एकीकृत गरि त्यो ढंगको मास्टर प्लान सहित डी पी आर बनाउन पर्यटन बिभाग अगाडी बढेको बताए।
सार्वजनिक बिदाको दिन काठमाडौं उपत्यका को कोलाहल बाट कम्तिमा पनि ५ लाख मानिस काठमाडौंका डांडामानिस्कनु पर्यो बिदा मानुना पिकनिक ,घुमघाम फिल्म सुटिंग गर्न लगायतको कार्यका लागि मानिस डांडामा आउनु पर्छ त्यसले स्वाभाविक रुपले मान्छे मात्र नघुमी त्यसले त्यहाको आर्थिक क्रियाकलापलाई संगै विकास गर्ने बताए।त्यहाको व्यवसाय बढ्ने हुँदा रोजगार बढ्ने हुँदा बलियो आत्मनिर्भर अर्थतन्त्र बनाउने दिशामा पर्यटनले योगदान दिने बताए। उनले त्यही सोचका साथ् यस बर्षको नीति तथा कार्यक्रममा बजेटमा समेटेको बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै , बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले उक्त स्थानमा गणेशमान पार्क घुन्सा पार्क वा सहिद पार्क सहित खेल मैदान सूचना केन्द्र को समेत ब्यबस्था हुने गरि पार्क हुनु पर्ने र उक्त पार्कको लागि प्रदेश सरकारको पनि सहभागिता रहने बताए। संसारका दश वटा सुन्दर ठाउहरु मध्ये शंखरापुर नगरपालिकाको जहरसिंह पौवा पनि एक होला जस्तो आफुलाई लागेको बताए। उनले सो स्थानको प्रचार प्रसारमा अझै पनि कमि भएको महसुस गरेको बताउदै उक्त ठाउमा प्रकितिक, भौगोलिक,ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको स्थानहरु थुप्रै भएको हुँदा त्यसको उजागर गर्नुपर्नेमा जोड दिएका थिए । उनले त्यसो गरेको खण्डमा सो स्थानलाइ थप सुरम्य बनाउन सकिने बताए। “आवश्यकताले होला ,भृकुटी यहि बाटो डोली चढेर चीन गइन त्यो मित्रताको बाटो थियो” उनले भने ।
सो क्षेत्रलाई पर्यटकीय हिसाबले अगाडी बढाउनको लागि धेरै वर्ष अघि देखि सपना देखिरहेको बताए उनले स्मरण गर्दै भने “राजनेता मदन भण्डारी संगै निर्वाचनमा आउदा तल पट्टि रेशम खेतीको लागि बनाएको बनको नर्सरीमा बसेर फड्केश्वर सम्मको बाटोको परिकल्पना गरेका थियौ, यो पटक केहि दिन अघि मात्र त्यो बाटोको टेन्डर भएको र एक पटक काम भए पछि पुन थप काम भएको पनि जानकारी गराए। त्यतिबेला गरेको परिकल्पना पुरा हुने दिशामा अघि बढेको देख्न पाउदा खुसि लागेको बताए। उनले त्यसै गरि आज पुन पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल संग बसेर सपना बनाउन पाइएको छ , त्यो पनि अवश्य पुरा हुन्छ उनले भने ।बिगतको अफ्ट्यारो अवस्था बाट आजको अवस्था सम्म आइपुग्दा धेरै परिवर्तन भएको र थप परिवर्तन गर्न बाँकी रहेको बताउदै जसरि राष्ट्रिय झण्डा फहरीरहेको छ, त्यसै गरि साझा ढंगले अभियानहरु अघि बढ्ने उनले बताए।
उनले कवाड संकलन बाट कागेश्वरीमा अष्ट धातुको बिशाल काग निर्माण भयो बागद्वार सुन्दरीजलमा बागको प्रतिमाको लागि समेत कवाड संकलन भइ काम अघि बढेको जानकारी दिदै जहरसिंह पौवामा समेत राजनेताहरुको प्रतिमा निर्माणको लागि इन्द्रावती किनार देखि राष्ट्रिय झण्डाको साथमा जनता संग कवाड संकलन गर्ने अभियानमा साथ दिन अनुरोध सहित जनता जागे सबै सम्भब हुने बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेश सभा सदस्य मणिराम फुयालले समय संगै परिस्थिति अनुकुल भए मात्र योजनाहरुले सफलता पाउने बताउदै तिनै तहको सरकार गठन पछि परिस्थिति तयार भएको बताए ।पार्क निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न योजनाहरुलाइ एकै ठाँउमा ल्याइ मुर्तरुप दिनु पर्ने उनले बताए । सिंगो शंखरापुर नगरपालिका प्राचीन मात्र नभएर अर्वाचीन संस्कृतिको धरोहर भएको जुन स्वस्थानीको कथा संग गासिएको छ, त्यसै कारण संस्कृतिमा पनि कम नभएको बताए। उनले त्यसलाई पर्यटकीय परिपथका रुपमा स्थानीय जनताले आफ्नो जीवनमा अनुभूति हुने गरि आय उपार्जनका परमुख बैकल्पिक स्रोतका रुपमा अंगाल्न सक्ने बातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै संविधानसभा सदस्य दिपक प्रसाद कुइकेलले बिगतमा बिभिन्न योजनाको नाममा कार्यक्रम गरिए पनि एउटा पनि योजनाले मुर्त रुप लिन नसक्दा उक्त स्थानमा जथाभावी फोहोर हुदै गए पछि आफुहरुले गणेशमान पार्कको रुपमा अघि बढाउन पहल गरेको बताए ।हिजो देखि संरचनागत रुपमा राज्यको लगानी पनि खेर नजाने गरि विकास निर्माणका कामहरु गरिनुपर्नेमा जोड दिदै कात्तिके भन्ज्याङदेखि चौकी भन्ज्याङ सम्मको बिभिन्न स्थानमा के के गर्न सकिन्छ पहिला देखि अगाडी बढाइएका कामहरुलाई समेत एकीकृत गरि सबैको भावना समेट्ने गरि काम गर्न अनुरोध गरेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले शंखरापुर नगरपालिकाका उचाईमा रहेका स्थानहरुलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्दै लाने अबधारणा बनाएको बताए । घुमारचोकमा बुद्ध पार्क ,नाङ्लेभारेमा भृकुटी पार्क कात्तिकेमा भ्यु टावर, इताखेलमा नेपाल आमाको मन्दिर तथा बज्रयोगिनी र शालिनदीलाई धार्मिक पर्यटक स्थलको रुपमा बिकाश गर्ने लागेको उदाहरण दिदै प्रमुख श्रेष्ठले तिनै तहको सरकारको सहभागीता र समन्वयमा कार्यक्रम आयोजना गरेकोले आजको दिनलाई एतिहासिक दिनको रुपमा लिनु पर्ने बताए । समग्र शंखरापुर नगरपालिकाको बिकासमा तिनै तहका सरकार संगको समन्वय सहभागितामा विकास निर्माणको कामहरु भईरहेको जानकारी गराए ।