शंखडोल डोजोको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, कार्तिक २। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित शंखडोल डोजोको कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार घटस्थापनाको दिन सामाजिक दुरी सहित आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य कृष्ण राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल शंखडोल डोजोको सहल्लाकार राजेश बिष्ठ,
नेपाल कराते महासंघ तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरूङ, १३ औं साग का ब्यबस्थापन सचिव मेहेन्द्र कुमार राई, सितो रियो कराते संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, सह प्रमुख तुलसी महर्जन, २नं प्रदेश कराते प्रमुख योगेश चाम्लिङ, बरिष्ठ कराते प्रशिक्षकहरु आनन्द लामा,राम कुमार ठार, छोनाम लामा, नेत्र लामा, बिक्रम लामा,जस बहादुर पुन,पुर्व खेलकुद परिषद सदस्य रेसम लामा, , ज्ञान बहादुर मोक्तान, मुवा थाईका प्रमख सानुकुमार श्रेष्ठ लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता शंखडोल डोजो शिबराम कारंजितले गरेका थिए भने कार्यक्रम संचालन राम पुडासैनिले गरेका थिए ।
कार्यक्रममा नेपाल कराते महासंघ तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरूङले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले आउदै गरेको चाड पर्व कोरोना सन्त्रासको बिचमा रहेको हुँदा सुरक्षित तवरले मनाउन अनुरोध गर्दै सबैलाई शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइले आयोजकलाइ धन्यवाद दिदै नेपालीको प्रमुख चाड दशैँ मुखैमा रहेको र सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको हुँदा आउदै गरेको चाडपर्वहरु स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउँदै मनाउनुपर्ने बताए ।
सरकारले पनि कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको उनले बताए। “दशै अर्को वर्ष पनि आउछ, यस पटकको दशै हामी जहाँ छौ, त्यहि बसेर सुरक्षित तवरले मनाउ” उनले भने ।उनले आउदै गरेको बिजय दशमी तिहार नेपाल संवत छठ लगायतको पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ प्रतिकुल परिस्थितिमा छोटो कार्यक्रम लाइ सामाजिक दुरी कायम गरि आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद दिदै आउदै गरेको बिजय दशमी, तिहार नेपाल संवत, छठ लगायतको पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कृष्ण राइ बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले शंखडोल डोजो कार्यालयको रिवन काटेर उद्घाटन गरेका थिए। कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै शंखडोल डोजो प्रमुख शिवराम कारंजितले कोरोना त्रासका बीच पनि कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। उनले सम्पूर्ण खेलाडीहरुलाई उपयोगी हुने किसिमले शंखडोल कराते रिसर्ज तथा एकेडेमी नेपाल बनाउनको लागि पनि लागिरहेको बताएका थिए ।