यस वर्ष पनि सांसद यज्ञराज सुनुवारको ओखलढुंगाका कैदी बन्दीलाई खसी उपहार

यस वर्ष पनि सांसद यज्ञराज सुनुवारको ओखलढुंगाका कैदी बन्दीलाई खसी उपहार

कपन अनलाइन 

काठमाडौं ,कार्तिक २।

सदा झैँ यस वर्ष पनि ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले जिल्ला कारागारका कैदी बन्दिहरुलाई खसी प्रदान गरेका छन।  सांसद सुनुवारले २०७१ सालदेखि प्रत्येक वर्ष कैदीबन्दीलाई दशैंको अवसरमा भेटघाट गर्ने र खसी उपहार दिंदै आएका छन।

सांसद सुनुवारले खसीसँग मास्क तथा स्यानिटाइजर प्रदान गरेको सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, सिद्दीचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, प्रहरी नायव उपरीक्षक रुपेश खड्का पनि उपस्थित रहेका थिए।

सो अवसरमा  कोरोना संक्रमणको जोखिम रहेकाले सुरक्षित भएर चाडबाड मान्न र सतर्कता अपनाउन आग्रह  गर्दै  सुनुवारले कोही कानुनको अज्ञानता, कोही परिबन्द र कोही संगतले अपराधमा संलग्न भएर यहाँ आएकोले परिवारबाट टाढा हुँदा चाडबाडमा नरमाइलो हुने हुँदा जिल्लाको जनप्रतिनिधि भएको नाताले भेटघाट गरेर शुभकामना आदान प्रदान गगरेको बताएका थिए ।

खसी उपहार पाएपछि निकै खुसि बनेका  कैदीबन्दीले सांसद, नगर प्रमुख  तथा सुरक्षा निकायका प्रमुखहरु समक्ष बसोबास जीर्ण र साँगुरो भवनमा रहेकाले क्षमताभन्दा तेब्बर बढी कोचाकोचमा बस्नु परेको, खानेपानीको समस्या हुने गरेको र अदालती प्रकृया र सुनुवाइ लम्बिंदा समयमा न्याय पाउन नसकेको गुनासो पोखेका थिए।

खसी उपहार लिएर आएका सांसद सुनुवार सहितको टोलीलाई कैदी बन्दीहरुले बुनेको ढाकाको टोपी द्वारा स्वागत गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।