काठमाडौं महानगरपालिका वडा नं ६ मा असोज ३०गते थप ३९जनामा कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं,कार्तिक १। काठमाडौं महानगरपालिका वडा नं ६ ले असोज ३० गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ । जस अन्तर्गत असोज ३० गते थप ३९ जनामा कोरोना संक्रमण भेटिएको उल्लेख गरिएको छ। हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा २६५ जना महिला र २९६ जना पुरुष गरि कुल ५६१ जना संक्रमित भेटिएको जनाइएको छ। हाल सम्म ३०३ जना सक्रिय संक्रमित रहेको जसमा २८५ जना होम आइसोलेसनमा ,१८ जना अस्पतालको आइसोलेसन रहेको र २५० जनाले कोरोना जितेको पनि उल्लेख गरिएको छ । हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ।
त्यसै गरि हाल सम्म १५६६ जनाको पी सी आर परिक्षण गरिएको र ११२ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि पनि उल्लेख गरिएको छ।साथै कुल संक्रमितको बिवरण काठमाडौं महानगरपालिका वडा नं ६ अन्तर्गत बसोबास गर्ने सुरक्षाकर्मी तथा कर्मचारी समेतको अन्य निकाय बाट प्राप्त रिपोर्ट अनुसारको संख्या समेत समाबेश भएको उल्लेख गरिएको छ ।