उपप्रधानमन्त्री ईश्वर पाेखरेलद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा पदबहाली

उपप्रधानमन्त्री ईश्वर पाेखरेलद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा पदबहाली
कपन अनलाइन
काठमाडौं ,असोज ३०।
उपप्रधानमन्त्री ईश्वर पाेखरेलले असोज २९ गते  प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,सिहदरबारमा  पदबहाली गरेका छन ।
क्याबिनेटमा दाेस्राे बरियतामा रहेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकाे विभागीय नेतृत्व सम्हाल्ने छन।
उनको जिम्मेवारी अन्तर्गत  पाँच जना सचिवहरूले विभिन्न क्षेत्रका कामहरू हेर्ने कार्य क्षेत्र रहेकाे छ भने  विभिन्न केन्द्र, विभाग र कार्यालयहरू मातहतमा रहेका  छन् ।
 नेपालमा अन्य बेग्लै मन्त्रालय बेगर  उपप्रधानमन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा नै जिम्मेवारी ताेकेर कार्यविभाजन गरिएको याे पहिलाे पटक हाे जहाँ राष्ट्रिय गाैरवका आयाेजनाहरूकाे अनुगमन र निर्माणको पनि जिम्मेवारी रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्षअघि नै यश प्रकारकाे जिम्मेवारी सम्हाल्ने गरी मन्त्रिपरिषदमा सहभागी बनाउन खाेज्नुभएकाे च्रर्चा व्यापक हुँदा २०७४ फागुन ११ गते पोखरेल  रक्षामन्त्री बनेका थिए भने २०७५ जेठ १८ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्रीकाे जिम्मेवारी पाएका थिए  ।
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमाेहन अधिकारीकाे प्रमुख राजनीतिक सल्लाहकार रहनुभएका पोखरेल  शेरबहादुर देउवाकाे नेतृत्वमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री र डा. बाबुराम भट्टराईकाे नेतृत्वमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहिसक्नु भएको छ । र, प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा विगत २ बर्ष ७ महिनायता उपप्रधानमन्त्री तथा रक्षामन्त्री रहँदै आएका छन।
२०३२ सालदेखि पूर्णकालीन र भूमिगत भएर तत्कालीन नेकपा(माले)काे केन्द्रीय सदस्यका रूपमा क्रियाशील उनले जनकपुर, लुम्बिनी, बागमती र राजधानी उपत्यकाकाे पार्टी कामकाे नेतृत्व गरेका थिए ।
तत्कालिन  नेकपा(एमाले)काे आठाैं र नवाै महाधिवेशनबाट दुई पटक महासचिव निर्वाचित भएर सफलताका साथ नेतृत्व गर्नुभएका उनले त्यसअघि केन्द्रीय कार्यालय सचिव, प्रचार विभाग प्रमुख, संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव लगायतकाे नेतृत्व गरेका थिए भने हाल उनि नेकपाको सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख रहेका छन।
तपाइँको प्रतिक्रिया ।