बजार अनुगमनलाई तिव्र बनाउदै बुढानिलकण्ठ नगरपालिका

बजार अनुगमनलाई तिव्र बनाउदै बुढानिलकण्ठ नगरपालिका

कपन अनलाइन

काठमाडौं ,असोज ३०।

दशैँ तिहार लागयतका चाडपर्व नजिकिए संगै बुढानिलकण्ठ नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ। नगरपालिकामा विभिन्न सेवा प्रदान गर्दै आएका खाद्यान्न ,मासु ,औसधि ,तरकारी लगायतका पसलहरुले तोकिएको मापदण्ड पुरा नगरेको भन्ने गुनासो बढे संगै बजार अनुगमनलाई तिव्रता दिइएको हो।

यसै क्रममा बुढानिलकण्ठ  नगरपालिकाकी उपप्रमुख रमा राईको नेतृत्वमा असोज ३० गते बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को बुढानिलकण्ठ मन्दिर क्षेत्रमा अनुगमन गरिएको छ। असोज ३० गते बिहान सो क्षेत्रका मासु पसल -८,मिठाइ पसल -३,किराना पसल -५,औसधि पसल -३,हार्डवयर-१,होटल -१,डेरी -१ र पुजा सामाग्री पसल -१ वटामा  अनुगमन गरिएको छ।

उक्त अनुगमनका क्रममा सो स्थानमा रहेका सामाग्रीको गुणस्तर , म्याद र सम्बन्धित निकायको स्वीकृति तथा स्वास्थ्य मापदण्ड आदिका वारेमा अनुगमन निरीक्षण गरिएको थियो।

सो अनुगमनमा उपप्रमुख राई संगै वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,प्रशासकीय अधिकृत जयराम गजुरेल,स्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहाल ,पशु शाखाका प्रमुख काजि बहादुर श्रेष्ठ ,नगर प्रहरी प्रमुख रमेश खतिवडा ,इन्जिनियर बैकुण्ठ भण्डारी ,प्रहरी निरीक्षक राजकुमार तामांग ,वडा नं ३ का सदस्य आकाश धिताल ,वडा नं ३ कि सदस्य बबिता रम्तेल ,प्रहरी सहायक निरीक्षक विकाश कार्की, नगरपालिकाका सहायक मनिराज राई ,सिर्जना पौडेल, राष्ट्रिय उपभोक्ता मंच बुढानिलकण्ठ संयोजक तारा खड्का  लगायतको सहभागिता रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।