टोखाको जापान कराते डो नान्बुकाई सितोरियो संघको बुलेटिन बिमोचन

टोखाको जापान कराते डो नान्बुकाई सितोरियो संघको बुलेटिन बिमोचन
कपन अनलाइन
काठमाडौं ,असोज २१।
टोखा लाइभ । टोखाको जापान कराते डो नान्बुकाई सितोरियो संघले कराँते गतिविधिलाई समेटेर प्रकाशन गरिएको त्रैमासिक कराते  बुलेटिन उपत्यका हेड डोजोको विमोचन गरिएको छ ।
टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, उप मेयर ज्ञानमाया डंगोल र व्यापारी तथा समाजसेवी भगवान केसीले संयुक्त रूपमा पहिलो संस्करण करॉते बुलेटिनकोे विमोचन गरेका हुन् ।
करॉते बुलेटिनमा टोखाका उपत्यका हेड डोजोले आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरेका सॉस्कृतिक कार्यक्रम ,जापानी पाहुनालाई स्वागत गरेको गतिविधि, पहिलो र दोस्रो दी़क्षान्त समारोह, फिल्मको च्यारितो शो, देउसी भैली कार्यक्रम, कोरोनाको अन्य गतिविधि, आर्थिक, सामाजिक, सांस्कृति तथा विविध पक्षलाई समावेश गरिएको छ ।
सोमवार २० गते टोखा नगरपालिकामा करॉते बुलेटिनको विमोचन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले करॉते खेल मार्फत मुलुकको प्रतिष्ठा र विकासमा खेलाडीको भूमिका महत्वपूर्ण रुपमा रहनु पर्ने धारणा राख्नु भयो। वहॉ यस बारेमा अगाडी भन्नु हुन्छ- “ टोखाको खेल विकासमा जापान करॉते डो नान्बुकाईको उल्लेखनीय योगदान रहेको छ। यस संघलाई अझ प्रभावकारी बनाउन मेरो तर्फबाट अनेक सहयोग , उत्साह र प्रोत्साहन रहिरहनेछ”।
टोखा नगरपालिका उप – मेयर ज्ञानमाया डंगोलले आफूलाई अहिले यस स्थान सम्म ल्याई पुर्याउनको लागि बाल प्रेमी खेलकुद मण्डलको ठुलो हात रहेको भन्दै बाल प्रेमी खेलकुद मण्डल द्वारा सन्चालित जापान करॉते डो नान्बुकाई सितोरियो संघलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो।यस संघका खेलाडीहरू पनि राष्ट्रप्रति समर्पित भई अन्तराष्ट्रीय रूपमा गुणस्तरीय खेल प्रदर्शन गरेर नाम चम्काउन प्रयासरत हुनु पर्ने तर्फ विशेष ध्यान दिनुपर्ने ज्ञानमायाले उल्लेख गरिन।
कार्यक्रममा जापान करॉते डो नान्बुकाई सितोरियो संघका अध्यक्ष बाबुलाल डंगोलले यो खेलको व्यवस्थापन पक्ष निकै चुनौतिपूर्ण रहेको बताए । तर पनि आफु कर्तव्यनिष्ठ भएर लागि पेरेको बताए ।
यस करॉते खेललाई सही रूपले व्यवस्थापन गराउनका लागि यस संघका सचिव रमेश डंगोलसंग गृहकार्य गरिरहेको बाबुलाल डंगोलको भनाइ थियो ।अहिले लगभग ६४ जना खेलाडी तथा ४ जना प्रशिक्षक तयारी भइसकेको उल्लेख गर्दै यसलाई अझै गुणस्तरीय करॉते संघ बनाएर अगाडि बढाउने बाबुलाल डंगोलले बताए ।
त्यस्तै यस विमोचन कार्यक्रममा जापान करॉते डो नान्बुकाई सितोरियो संघका सचिव रमेश डंगोलले सन्चालन गर्नु भएको थियो भन्ने यस करॉते बुलेटिन विमोचनमा शुभकामना व्यक्त गर्नका लागि कार्यक्रमा विभिन्न पार्टीका सम्मानिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।