आइतवारे पार्क बुढानिलकण्ठमा मूर्तिकला सम्बन्धि कार्यशाला गोष्ठी हुने
कपन अनलाइन
काठमाडौं ,असोज २०।
आइतवारे पार्क बुढानिलकण्ठमा मूर्तिकला सम्बन्धि कार्यशाला गोष्ठी हुने भएको छ। विभिन्न क्षेत्रका व्यक्तित्व र रास्ट्रिय विभूतिहरुको शालिक स्थापना गरिने सो पार्कमा उक्त कार्यशाला गोष्ठी गर्ने तयारी गरिएको हो।
बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,ललितकला प्रतिष्ठानका प्राज्ञ लालकाजी लामा र पत्रकार फुलमान बलले सो क्षेत्रको निरीक्षण गर्दै सो पार्कमा स्थापना गरिने शालिकहरुका वारेमा अध्ययन गरेका थिए ।
काठमाडौं उपत्यकाकै नमुना पार्कका रुपमा करिव २०० रोपनी क्षेत्रमा स्थापना गर्न लागिएको सो पार्कमा रहेका चट्टान र अन्य स्थानमा मुर्ति र शालिक निर्माणको सम्भावनाका वारेमा बिज्ञहरु संग सुझाव लिइएको बताउदै प्रदेस सभा सदस्य निरौलाले यसको प्रवर्धन र विकासका लागि मूर्तिकला सम्बन्धि कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने सो पार्कमा तामाङ संग्रहालय ,नमुना तुईन र झोलुंगे पुल सहित विभिन्न संरचना निर्माण गरिनेछ।