बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिङ चोक सडक ढलानमा अबरोध

कपन अनलाइन

काठमाडौं ,असोज १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिङ चोकका स्थानीयहरुले डुवान समस्या पर्ने भन्दै सडक ढलान कार्यमा अवरोध गरेका छन । स्थानीय तहको निर्वाचन हुनु भन्दा पहिला नै टेन्डर भएर पनि ठेकेदारको लापरवाही र वेवास्ताले वर्षौ सम्म नबनेको सो सडकमा ढलान गर्ने तयारी गरिए संगै स्थानीय हरुको घर भन्दा माथि सडक बन्दा डुवान हुने भन्दै अवरोध गरेका हुन् ।

पहिला रहेको पिच सडक भत्काएर पुन कालोपत्र गर्न लागिएको सो सडकमा मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याए संगै सडकको सतह बढेको थियो । सो स्थानमा रहेको सडक को सतह घटाउनु पर्ने भन्दै ढलानका लागि तयार रहेको अवस्थामा स्थानीयहरुको अवरोध भए पछी सो स्थानमा पुगेका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,सदस्य पुरुषोत्तम नेपाल ,नेकपाका शिव बजगाई लगायतले समस्या समाधानका उपायहरुका वारेमा छलफल गरेका थिए ।

पटक पटक विभिन्न बहाना खोजेर काम नगर्ने गरेको ठेकेदार कम्पनीलाई स्थानीयहरुले अवरोध गर्दा काम रोक्न मदत्त पुग्ने भन्दै उनीहरुले उचित विकल्प खोज्नका लागि स्थानीयहरु संग आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।