Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/120275068_779432629506643_4840833538560121100_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाको असोज १३ गते सम्मको कोरोना अपडेट

कपन अनलाइन

काठमाडौं, असोज १४।   गोकर्णेश्वर नगरपालिकाले असोज १३ गते सम्मको कोरोना अपडेट सार्वजनिक  गरेको छ। जसमा असोज १३ गते सम्म नगरपालिकामा पुरुष २५१ जना र महिला २३३ जना गरि कुल ४८४ जना संक्रमित भेटिएको उल्लेख गरिएको छ त्यसै गरि असोज १३ गते सम्म १३६ जना महिला र १०३ जना महिला गरि कुल २३९ जनाले कोरोना जितेको जनाएको छ ।कुल संक्रमित मध्ये २ जना पुरुष र १ जना महिला गरि कुल ३  जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी गराएको छ ।

त्यसै गरि ओस्ज १३ गते सम्म नगरपालिका भित्र ११३ जना पुरुष र १२९ जना महिला गरि कुल २४२ जना सक्रिय संक्रमित रहेको  जसमा होम  आइसोलेसनमा १०० जना पुरुष र १२० जना महिला गरि कुल २२० जना रहेको र अस्पतालको आइसोलेसनमा १३ जना पुरुष र ९ जना महिला गरि कुल २२ जना रहेको उल्लेख गरिएको छ । त्यसै गरि क्रिटिकल केयरमा ५ जना पुरुष र १ जना महिला गरि कुल ६ जना रहेको जनाइएको छ ।नगरपालिकाले हाल सम्म ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७जनाको आर डीटि परिक्षण गरेको र हाल सो आर डिटि परिक्षण बन्द गरिएको जानकारी गराएको छ ।

त्यसै गरि हाल सम नगरपालिकाले ७९६जना पुरुष र ६८१ जना महिला गरि कुल १४७७ जनाको  पि सी आर परिक्षण  गरिएको जानकारी गराएको छ ।त्यस्तै नगरपालिकाले हाल सम्म १४५८ जनाको कन्ट्याक्ट  ट्रेसिंग गरिएको मध्ये १११ जना पुरुष र ११६जना महिला गरि कुल २२७ जनामा कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ । गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायका अनुसार दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएको अवस्थामा उनले स्वास्थ्य माप दण्ड पालना गर्न सबैलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।