निर्मला : सुलभ भारती (कविता )

निर्मला : सुलभ भारती (कविता )

कपन अनलाइन

काठमाडौं ,असोज १२।

मेरो पुन्य लेखको प्रभावमाः
जति छन कोख, हे इश्वर !
अब भरिदे नेपालमा ।
निर्मलाहरुको हिलो खेतहरु,
उर्बराहरुको पाठे घरहरुमा ।
रित्ताउनु पुत्र आसिर्वादहरुले,
लादिएको तेरो भ्रुण गर्वावतिहरुमा ।
इन्द्र जस्तो मति भएको
सुर्यको जस्तो प्रतापमा ।
मेरो पुन्य लेखको प्रभावमाः
जति छन कोख, हे इश्वर !
अब भरिदे नेपालमा ।
अन्दोपनले होइन,
सर्वाङ नाङ्गो चाहको आखाहरु दे
ह्वार्ल्याङ ह्वार्ल्याङ रुद्र घण्टिहरु,
तिग्रा च्यातेर हेर्ने पापीहरु द्ये ।
छाला लुछेर मासु खाने
तेरो मसान भैरवहरु खोइ ?
मेरो पुन्य लेखको प्रभावमाः
जति छन कोख, हे इश्वर !
अब भरिदे नेपालमा ।
निर्मलाहरुको हिलो खेतहरु,
उर्बराहरुको पाठे घरहरुमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।