गजल :बसन्ता बराल
कपन अनलाइन
काठमाडौं ,असोज १२।
सहज भेटिदैंमा छ सस्तो नसोच्नु
पहेंलो हुँदैमा सुनै हो नसोच्नु ।
शिखरबाट झर्दा ओरालो छ बाटो
भिरालो सबै नै उकालो नसोच्नु ।
म सागर सरी छू, घडा भर्न सक्छौ
भरी आफु बन्यौ, रित्तो भो नसोच्नु ।
सहें चोट सारा तिमीले दिएका
रहें मौनतामा अचानो नसोच्नु ।
निभाएर बत्ती नछेक्दा उज्यालो
ओडाएर कालो अँध्यारो नसोच्नु ।
सहकार्य : बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
