भाग्य : शैलेस पन्त (लघुकथा)

भाग्य : शैलेस पन्त (लघुकथा)

कपन अनलाइन

काठमाडौं ,असोज १२ ।

रिमा १२ कक्षा सिध्याएर काठमाण्डौमा उनकी दिदि कँहा । रिजल्ट आउन केहि समय लाग्ने हुनाले दिदिले काम गरेको फाईनान्स कम्पनीमा जागिर खाइन । तर काठमाण्डौमा कोठा भाडा महगो हुनाले त्यो फाईनान्स कम्पनिको तलबले जीवन धान्न ग्राहे भएको थियो । दुबै दिदि बहिनी फाईनान्स कम्पनि छोडेर फेरी कपडा कारखानामा जागिर खाए ।

त्यहा तिनीहरुले पाँच वर्ष सम्म काम गरे । एकदिन रिमाको दिदिको विवाह काठमाण्डौ निवासी सरकारी निकायमा जागिर खाने युवक सँग भयो । दिन यसरी नै चलि रहेको थियो । त्यस कारखानामा एउटा स्टाफ पनि थियो । जस्ले रिमा एकदम मनपराउथ्यो र भन्थ्यो तिमीलाई घुमाउन मन लाग्छ मलाई । तिमी हिडछु मात्र भन म कँहा कँहा लैजान्छु तिमीलाई ।

तर रिमाले उक्त केटाले मनपराउदैन थिई । वारम्वार धम्की पनि दिन्थ्यो । यदि तिमी मेरी भइनौ भने कसैको पनि हुने छैनो । अब अति भयो भन्दै उक्त कारखाना नै छोडि दिइन रिमाले । तर पनि उक्त व्यक्तिले उस्को पिछा छोडेका थिएन । रिमा उनकी दिदि भिनाजुकँहा गएर बसेकी थिइन । तर अचानक वजार डुलेर हिडदैथिइन । दुई अपरिचित युवकले आइ एउटा सिसि अगाडी ल्याएर फालिदिए । त्यसै वेला आखा विजाएको जस्तो भयो रिमालाई अचानक कराई । बाटामा हिडने व्यक्तिले उनीलाई हतपत अस्पताल लगिदिए ।

उनलाई तेजाव आइसिड पो हालेको रहेछ । अब अपरेसन गर्नु पर्ने भयो । तुरुन्त अपरेसन भयो । तर उनको सुन्दर अनुहार कुरुप भयो । प्रहरीले सोध पुछ गरेर बयान लियो रिमा सँग । पछि ति आइसिड हान्ने युवकलाई प्रहरीले कारवाही गरयो । मुख्य अभियुक्त पनि फेला परयो । उक्त अभियुक्त त्यहि कपडा कारखानामा काम गरने स्टाफ रहिछ ।

पछि कानुनले उक्त अपराधीलाई कारवाही त गरयो । तर रिमाको घाँउ जस्ताको त्यस्तै भयो । उनको पहिला जस्तो अनुहार बनाउन चार वर्ष लाग्ने भयो । घरमा आमा बाबाले धेरै चिन्ता व्यक्त गरेर बसेका छन ।
छोरीलाई डाक्टर पढाउने ईच्छा थियो । सबै माटामा मिल्यो । वेला वेलामा रुने गरिन्छ र भन्छीन मेरो जस्तो दुःख कष्ठ कसलाई पनि नपरोस । तर पनि आचकल आत्म विश्वास बढाएकी छन । समाजलाई केहि गर्न अठोट लिएर अगाडी बढेकी छिन ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।