अल्झिएँ यादहरुमा : प्रशुराम अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं ,भाद्र २७।
मलाई भेट्नु थियो दूर क्षितिजमा
टल्किएको मेरो गन्तव्य
मलाई मेट्नु थियो
लरबरिएर कोरिएर छोडिएका
मेरा पाइलाका डोबहरू
तर म,
देखिएका, नदेखिएका
अनगिन्ती दृश्यहरूमा अल्झिएँ
हो म अल्झिएँ
आफ्नै यादहरूमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।