बरुणेश्वर मावी रामपुरका प्रधानाध्यापकको पक्षमा उभिए ओखलढुंगाका सबै शिक्षक संगठनहरु
कपन अनलाइन
ओखलढुंगा ,भाद्र २६।
ओखलढुंगाका सबै शिक्षक संगठनहरु बरुणेश्वर मावी रामपुर का प्रधानाध्यापक कुल प्रसाद खतिवडाको पक्षमा उभिएका छन। नेपाल रास्ट्रिय शिक्षक संगठन ओखलढुंगा ,नेपाल शिक्षक संघ ओखलढुंगा र एकीकृत अखिल नेपाल शिक्षक संगठन ओखलढुंगाले संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै संचार मध्यम र सामाजिक संजालमा खतिवडा प्रति लक्षित गरेर भएका टिप्पणीको विरोध गरेको छ।
उक्त बिज्ञप्तिमा एउटा शैक्षिक पेशाकर्मी माथि भएको यस किसिमको प्रहारले सिंगो शैक्षिक जगतलाई नै असर पार्ने वारेमा गम्भीर विचार गर्नुपर्ने उल्लेख गरिएको छ।
कुनै पनि राजनीतिक दल ,संस्था र व्यक्ति बाट शिक्षकहरु माथि हुने प्रहारको एकीकृत रुपमा प्रतिवाद गर्ने उल्लेख गरिएको सो बिज्ञप्तिमा नेपाल रास्ट्रिय शिक्षक संगठनका अध्यक्ष ठाकुर नाथ अधिकारी ,नेपाल शिक्षक संघ ओखलढुंगाका अध्यक्ष नारायण प्रसाद बास्तोला र र एकीकृत अखिल नेपाल शिक्षक संगठन ओखलढुंगाका अध्यक्ष रामकुमार ढकालले हस्ताक्षर गरेका छन।
संयुक्त विज्ञप्ति :