भाद्र २३ गते बुढानिलकण्ठ नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुस्टि
कपन अनलाइन
काठमाडौं ,भाद्र २४
भाद्र २३ गते बुढानिलकण्ठ नगरपालिकामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
बुढानीलकण्ठ नगरपालिका को वडा नं २ महादेव खोलाका २४ वर्षिया एक पुरुष,वडा नं ४ गोल्डेन चोकका४२ वर्षिया एक महिला,वडा नं ७ हेपाली हाइटका ४ वर्षिया बालक र ३७ वर्षिया एक पुरुष ,वडा नं ८ गोल्फुटारबाट ८८ वर्षिया एक पुरुष,
वडा नं ९ मण्डिखाटारका ८५ वर्षिया एक पुरुष , सृजना चोकका ४० वर्षिया एक पुरुष, आदर्शनगरका४३ वर्षिया एक पुरुष र सुकेधाराका २८ वर्षिया ए ,वडा नं १० खहरे मार्गका ४१ वर्षिया एक महिला, ढलाने पुलबाट ४५ वर्षिया एक पुरुष ,मिलनचोकका ३५ वर्षिया एक महिला र वडा नं ११ शिवमन्दिरका ३० वर्षिया एक महिला रहेका छन्।
तपाइँको प्रतिक्रिया ।