सांखु – फट्केश्वर सडक कालोपत्रे हुने

सांखु – फट्केश्वर सडक कालोपत्रे हुने

कपन अनलाइन

काठमाडौं ,भाद्र २४।

सांखु फट्केश्वर सडक कालोपत्रे हुने भएको छ । काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको सांखु,जहरसिं पौवा ,नाङ्लेभारे हुँदै छाप भञ्ज्याङ्देखि सिन्धुपाल्चोकको सिमाना प्रारम्भ भै पुष्पलाल मध्य पहाडी लोकमार्गको बाहुनिपाटिमा गएर जोडिने उक्त सडक कालोपत्रे गर्नका लागि पहल शुरु गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका,हेलम्बु गाउंपालिका,पांचपोखरी थाङपाल गाउंपालिका र ईन्द्रावती गाउंपालिकाको प्रबेशमार्गको रुपमा रहेको उक्त सडक कालोपत्रेका लागि पुर्ब प्रधानमन्त्री माघब कुमार नेपालको नेतृत्वमा पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङ,मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल,शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठ लगायत जनप्रतिनिधि र सरोकारवालाहरुले छलफल गरेका छन ।

हाल सो सडक खण्ड अन्तरगत पर्ने काठमाडौको जहरसिंह पौवादेखि सुरु भै सिन्धुपाल्चोकको फट्केश्वर सडक खन्डको करिब ५ कि.मि. सडक कालोपत्रेका लागि गत महिना टेन्डर भै कम्पनिको तर्फबाट निर्माण पुर्बको बिस्तृत सर्भे भै रहेको र आगामी असोज १० गतेबाट निर्माण सुरु गरिने निर्माण कम्पनी Mandan Bhagawati Rauta Kamaljeet J.V. ले  जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।